Banner
तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सुरु
सरकारले आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्न थालेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार अभियान आजबाट सुरू भएर फागुन ३० गतेसम्म चल्नेछ।
केन्द्रकी निर्देशक डा. राधिका थपलियाले पछिल्ला घटनाक्रमले सबै तह–तप्कामा तनाव बढेकाले मानसिक स्वास्थ्यबारे सचेतना विस्तार गर्न अभियानको आवश्यकता परेको बताइन्। अभियानले तनाव व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाका अनुसार मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको महत्त्वपूर्ण भागका रूपमा जनचेतना बढाउने मुख्य उद्देश्य छ। अभियानअन्तर्गत प्रत्येक महिनामा फरक विषयका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
विश्व स्वास्थ्य संगठनका मनोचिकित्सक डा. केदार मरहट्टाले मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्न आवश्यक रहेको बताए। उनका अनुसार नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या देखिने भएकाले यो जनस्वास्थ्य क्षेत्रकै ठूलो चुनौती हो।
Facebook Comment
Banner
एनपीएल इलिमिनेटर : काठमान्डुले दियाे लुम्बिनीलाई १ सय १२ रनकाे लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३/३ विकेट लिए ।
यो खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।
Banner
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ड्ससँग पराजित भएको थियो ।
Banner
समानुपातिक प्रणालीका लागि १०० दलको आवेदन
प्रतिनिधिसभा चुनाव–२०७९ का लागि समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आयोगमा दर्ता भएका १४३ दलमध्ये ४३ दलले भने समानुपातिकतर्फ चासो देखाएनन्।
आयोगले मंसिर २१ देखि २३ गतेसम्म आवेदन दिने समय तोकेको थियो। संयुक्त वा एकल चुनाव चिह्न लिएका दलहरूले समयसीमा भित्र निवेदन दर्ता गराएका हुन्। आवेदनहरूको अध्ययनपछि पर्सिसम्म स्वीकृति हुने आयोगले जनाएको छ।
कार्यतालिका अनुसार पुस १३ र १४ गते बन्द सूची आयोगमा पेस गर्नुपर्नेछ। त्यसपछि अध्ययन गरी माघ ४ गते प्रारम्भिक सूची र माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीमार्फत सदस्य चयन हुने व्यवस्था
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login