Connect with us
Advertisement

एनपीएल इलिमिनेटर : काठमान्डुले दियाे लुम्बिनीलाई १ सय १२ रनकाे लक्ष्य

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३/३ विकेट लिए ।

यो खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई आयोगको पत्राचार

Published

on

निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन निर्वाचन आयोगले देशभरका सबै स्थानीय तह (पालिका)जिल्ला समन्वय समितिलाई औपचारिक पत्राचार गरेको छ।

आयोगले पठाएको पत्रमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम गर्न आचारसंहिता कडाइका साथ पालना गराउन आग्रह गरिएको छ। विशेषगरी सार्वजनिक स्रोत–साधनको दुरुपयोग नगर्न, सरकारी पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन, विकास निर्माणका नाममा मत प्रभावित पार्ने गतिविधि रोक्न तथा आचारसंहिता विपरीतका काम देखिए तत्काल कारबाहीका लागि समन्वय गर्न भनिएको छ।

त्यसैगरी, आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा छिटो अनुगमन र आवश्यक प्रतिवेदन निर्वाचन आयोगमा पठाउन पनि पालिका र जिल्ला समन्वय समितिलाई निर्देशन दिइएको छ। आयोगले सबै निकायको सक्रियताले मात्र निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण बनाउन सकिने जनाएको छ।

Continue Reading

Banner

स्कटल्यान्डसँग पराजित, नेपाल समूह चरणबाट बाहिरियो

Published

on

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो ।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।

योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली यही जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

Continue Reading

Banner

विश्वकप छनोटमा नेपाल जित्नै पर्ने अवस्थामा

Published

on

आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल क्वालिफयारमा आज स्कटल्यान्डको सामना गर्दा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान बजे सुरु हुँदैछ । समूह चरणको अन्तिम खेल खेल्दै गरेको नेपाल यो खेल जित्दै सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । आज नेपालले जितेर मात्रै पुग्दैन थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

हालको अवस्थालाई हेर्दा नेपालले स्कटल्यान्ड तथा नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ, त्यसमा स्कटल्यान्ड निकै अगाडि छ ।

 

यदि नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड सुपर सिक्सका लागि छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।

स्कटल्यान्डले टी–२० विश्वकपको अभुभव लिइसकेको  छ । गत संस्करण यूएईमा भएको प्रतियोगितामा सहभागिता जनाएको टोली समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्ड पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक