Banner
धरौटी रिहाइका लागि रवि रुपन्देही प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि रुपन्देही प्रस्थान गरेका छन्।
पार्टी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाने कार्यक्रम तय भएको हो।
रिहाईसम्बन्धी आवश्यक कागजात र प्रक्रिया त्यहीँबाट अघि बढाइने जनाइएको छ।
पूर्जी लिएपछि रवि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।
Facebook Comment
Banner
सुन्दरहरैंचाको पचहत्तरबिघेमा हात्तीको आतङ्क, घर भत्कियो
केही दिन अघिदेखि मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका बासिन्दालाई आतङ्कित बनाइरहेको जङ्गली हात्तीको समूहले आज राति पनि घर भत्काउनुका साथै घरभित्र थन्क्याइएको अन्न र खेतमा लगाइएको कृषि बालीमा क्षति पुर्याएको छ ।
सुन्दरहरैंचा–७ पचहत्तरबिघेमा तुलसी पराजुलीको घर जङ्गली हात्तीको बथानले भत्काउँदा सो घरमा डेरा गरी बस्ने निरा खनालको परिवारको अनाजमा क्षति पुर्याएको छ । घरको भान्सा कोठा हात्तीले भत्काउनुका साथै त्यहाँ रहेका सबै सामान फुटाइदिएको छ ।
हात्तीले आज राति थप क्षति पुर्याउन सक्ने डरले खनाल परिवारले अनाज सुरक्षित स्थानमा सारेको छ । एक तले कच्ची घरको अगाडिबाट हात्तीले घर भत्काउन शुरु गरेपछि आफूहरु पछाडिबाट राति नै भागेको पीडित निरा खनालले बताउनुभयो । रातभर छिमेकको घरमा बसेर हात्ती जङ्गलतर्फ गइसकेपछि बिहान ६ बजेमात्रै घर फर्किएको उहाँ बताउनुहुन्छ ।
स्थानीय महेश उप्रेती हात्तीको बथान ठूलो भएकाले चाहेर पनि राति धपाउन नसकिएको बताउनुहुन्छ । २६ वटा हात्ती आफूले गनेको बताउँदै उहाँले सो समूहमा अरु पनि हात्ती रहेको हुन सक्ने तर अँध्यारोमा सबै नदेखिएको हुन सक्ने बताउनुभयो ।
‘हामीले घरको छतबाट निरीह भएर हात्तीले घर भत्काएको हेरिरहनुपर्याे,’ छिमेकी बिन्दा पराजुलीले भन्नुभयो, ‘मध्यरातमा हात्तीको हुल आएपछि बाहिर निस्कन सक्ने अवस्था थिएन । पीडित परिवारले गरेको हार गुहार निरीह भएर सुनिरह्यौँ । परिवार सुरक्षित स्थानमा गएपछि सबैले आआफ्नो घरबाट हात्तीको विध्वंस हेर्ने काममात्रै भयो ।’
स्थानीयका अनुसार हात्तीले पचहत्तर बिघे क्षेत्रमा लगाएको तोरी, केरा र उखुबालीमा क्षति पुर्याएको छ ।
हिजो पनि सुन्दरहरैंचा–७ को पुष्पाञ्जली चोक दक्षिण सन्तोष खतिवडाको घरमा हात्तीले क्षति पुर्याएको थियो ।
अघिल्लो साता सुन्दरहरैंचा–१२ का ६० वर्षीय भवनाथ घिमिरेको हात्तीको आक्रमणमा परी ज्यान गएको थियो ।
Banner
रवि लामिछाने आज थुनामुक्त हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी छ । तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो ।
लामिछानेलाई तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया शुरू हुनेछ ।
अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए त्यसको कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । त्यसमा रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनुहुनेछ ।
अदालतको आदेशअनुसार रवि लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि आदेश छ ।
गएको चैतमा तुलसीपुर उच्च अदालत बुटवलकै आदेशले रवि लामिछाने पक्राउ पर्नुभएको थियो । शुरूमा भैरहवा कारागार राखिएकोमा अहिले लामिछानेलाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । धरौटीमा थुनामुक्त हुने भए पनि रविविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन् ।
Banner
उच्च अदालत बुटवलद्वारा रवि धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ ।
लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ४ वटा शर्त राखेको छ ।लामिछानेले नै सुप्रिम सहकारीबाट आफू काम गरेको संस्थामा प्रवाह भएको बिगो मध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखेर मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर माग गरेको र बचतकर्ता र लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिएकोले शर्तसहित अदालतले छाड्न आदेश दिएको हो ।अदालतले लामिछानेलाई ०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी स्वीकार गर्ने र २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोका हकमा सुरक्षित गर्ने शर्त राखेको छ ।
साथै, अदालतले व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिने र फैसला हुँदा थप दायित्व सिर्जना भएकोमा पनि बुझाउन मन्जुर हुनुपर्ने शर्त राखेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login