Connect with us
Advertisement

यी हुन् वागमती, गण्डकी र प्रदेश नम्बर ५ का अनेरास्ववियुका जिल्ला संयोजक

Published

on

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । यसरी जिम्मेवारी पाउनेमध्ये वागमती, गण्डकी र प्रदेश नम्बर ५ का जिल्ला संयोजक र सहसंयोजकको नामावली यसप्रकार छ ।

वागमती प्रदेश
काठमाडौँमा कृष्ण थापा र राजकुमार लामिछाने,
भक्तपुरमा सुभाष तिमिल्सिना र विराज थापा,
ललितपुरमा अमिर खरेल र प्रदीप शर्मा,
काभ्रेपलाञ्चोकमा उपेन्द्र शर्मा र युवराज लामा,
रामेछापमा सागरहरि अधिकारी र केशव बस्नेत,
सिन्धुलीमा गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ,
धादिङमा भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल,
नुवाकोटमा विष्णु दाहाल र विनोद कोइराला,
मकवानपुरमा किसन घिसिङ र आकाश पाख्रिन,
चितवनमा प्रकाश आचार्य र वसन्त आचार्य,
सिन्धुपाल्चोकमा मिलन लामा र हिरा चौलागाईं,
रसुवामा अर्जुन पौडेल र सनत देवकोटा,
दोलखामा रोशन खडका र राजकुमार ढुङ्गेल,
क्याम्पस जिल्लामा नरेन्द्र न्यौपाने र राजेश मैनाली
त्रिवि जिल्लामा लोकेन्द्र ऐरी र अमरराज जोशी ।

गण्डकी प्रदेश
कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन,
म्याग्दीमा सुभाष बिक र रेशम केसी,
पर्वतमा तेजप्रसाद शर्मा र सुभाष पौडेल,
लमजुङमा रैनिस परियार र पवन ढकाल,
मुस्ताङमा प्रेमा छेतेन बिक र विवेक सुनार,
नवलपुरमा ठाकुर पराजुली र दिनेश केसी,
स्याङ्जामा ध्रुवराज वाग्ले र रामु सापकोटा,
मनाङमा रविन गुरुङ र उपेन्द्र गुरुङ,
तनहुँमा डम्बर बिक र रोमाकान्त पोख्रेल,
गोर्खामा सञ्जीव थापा मगर र सुजन सिम्खडा,
बाग्लुङमा मिलन काउछा र शेखर खड्का ।

प्रदेश नं. ५
रुपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कपिलवस्तुमा बाबुराम अर्याल र दयाराम पौडेल,
नवलपरासीमा सुशान्त शर्मा र विशाल गिरी,
गुल्मीमा राजेन्द्र कुवँर र भरत चन्द,
प्युठानमा जालबहादुर केसी र पुस्कर शर्मा,
बर्दियामा महेन्द्र पँगेनी र रेशम अधिकारी,
पाल्पामा पदम सोमै र हीरामणि पराजुली,
अर्घाखाँचीमा लक्ष्मण खड्का र नवीन खत्री, रोल्पामा भीम सुनार र प्रकाश बुढा,
पूर्वी रुकुममा सेवन खड्का र कल्याण पुन,
बाँकेमा सुरेन्द्रजङ्ग शाह र टेकेन्द्र मल्ल
तथा दाङमा जङ्ग रोका र सर्जन परियार चयन भएका छन् ।

 

यी हुन् प्रदेश नम्बर १ र २ का अनेरास्ववियुका जिल्ला संयोजक र सहसंयोजक

Continue Reading

Facebook Comment

6 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

Published

on

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।

आज बिहान कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षयताकै उच्च विन्दुमा पुगेको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उनले बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको बताए । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।

यसअघि आज बिहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाव घट्दै जाने सम्भावना रहेको उनले बताए ।

कालीगण्डकी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।

बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् ।

पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको उनको भनाइ छ ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण जोखिममा परेका छन् ।

विगत १६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।

२०६६ साल असोज २१ गते बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभरि त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए ।

Continue Reading

Banner

मुग्लिन-नारायणखण्ड सडकमा हिँडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते

Published

on

 मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै हिँडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक