Banner
लगातार गिरावटपछि नेप्से २६ सयभन्दा तल
सेयर बजार फेरि २६ सयमुनि झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो । ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटे ।
बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।
एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढ्यो ।
सिन्धु विकास बैंकको १०, नारायणी डेभलपमेन्ट बैंकको ७.५५, अपर स्याङ्गे हाइड्रोपावरको ७.४५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् ।
Facebook Comment
Banner
नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
Banner
मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै
मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।
यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।
यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।
Banner
आज विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो । नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।
यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ ।
यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login