Banner
एसीसी यु–१९ एसिया कप: भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन
चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्व १ सय ९१ रनकाे फराकिलाे जित निकाल्दै पाकिस्तान एसीसी यु-१९ एसिया कपकाे च्याम्पियन बनेकाे छ । पाकिस्तानले १३ वर्षपछि यु-१९ एसिया कपकाे उपाधि जितेकाे हाे । यसअघि टाेली सन् २०१२ मा विजेता बनेकाे थियाे । यूएईकाे आसीसी एकेडेमी मैदानमा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेकाे ३ सय ४८ रनकाे लक्ष्य पछ्याएकाे भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियाे । भारतका लागि दिपेश देवेन्द्रनले ३६, वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आराेन जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन बनाए । पाकिस्तानका लागि अली राजाले चार तथा माेहम्मद सयाम,अब्दुल सुभान र हुजैफा एहसानले दुई-दुई विकेट लिए । चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्व १ सय ९१ रनकाे फराकिलाे जित निकाल्दै पाकिस्तान एसीसी यु-१९ एसिया कपकाे च्याम्पियन बनेकाे छ । पाकिस्तानले १३ वर्षपछि यु-१९ एसिया कपकाे उपाधि जितेकाे हाे । यसअघि टाेली सन् २०१२ मा विजेता बनेकाे थियाे । यूएईकाे आसीसी एकेडेमी मैदानमा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेकाे ३ सय ४८ रनकाे लक्ष्य पछ्याएकाे भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियाे । भारतका लागि दिपेश देवेन्द्रनले ३६, वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आराेन जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन बनाए । पाकिस्तानका लागि अली राजाले चार तथा माेहम्मद सयाम,अब्दुल सुभान र हुजैफा एहसानले दुई-दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ४७ रनकाे याेगफल तयार पारेको थियाे । पाकिस्तानका लागि समिर मिन्हासले १ सय १३ बलमा १७ चाैका र छक्काकाे मद्दत सर्वाधिक १ सय ७२ रनकाे याेगदान गरे । यसैगरी, अहमद हुसैनले ७२ बलमा तीन चाैका र एक छक्कासहित ५६, उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९, हेम्जा जाहुरले १८, माेहमम्मद सयामले अविजित १३ र निकाब सफिकले अविजित १२ रन बनाए । भारतका लागि दिपेश देवेन्द्रनले तीन, हेनिल पटेल र खिलान पटेलले दुई-दुई तथा कनिश्क चाैहानले एक विकेट लिए ।
Facebook Comment
Banner
अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा
फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।
Banner
साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे
साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login