Connect with us
Advertisement

फागुनमा हुँदै कोशी प्राइड लिगको तेस्रो संस्करण

Published

on

प्रदेशस्तरको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता कोशी प्राइड लिग (केपिएल) को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म आयोजना हुने भएको छ। कोशी प्राइड प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा यसपटक सात फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा केपिएलका निर्देशक अफजल हुसेन ले प्रतियोगिताको मिति, टोली संरचना र अक्सन प्रक्रियाबारे जानकारी गराएका हुन्। उनका अनुसार प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपरकिंग्स, एभरेस्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले कम्तीमा ११ खेलाडी अनुबन्ध गर्नुपर्ने नियम राखिएको छ। टोलीमा एक मार्की खेलाडी, एक आइकोनिक खेलाडी तथा तीन जना राष्ट्रिय टिमका खेलाडी अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ। त्यसैगरी अक्सनमार्फत क्याटेगोरी ‘ए’ का तीन, क्याटेगोरी ‘बी’ का दुई र क्याटेगोरी ‘सी’ का एक खेलाडी छनोट गर्नुपर्नेछ।

टोली निर्माणका लागि चाँडै अक्सन आयोजना गरिने आयोजकले जनाएको छ। अक्सनका लागि खुला खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ, जहाँ खेलाडीहरूले माइपे एप मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

अक्सनमा क्याटेगोरी ‘ए’ का खेलाडीको मूल्य ४५ हजारदेखि ६५ हजार रुपैयाँसम्म, क्याटेगोरी ‘बी’ का लागि २५ हजारदेखि ४५ हजार रुपैयाँ र क्याटेगोरी ‘सी’ का खेलाडीको मूल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तोकिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को मान्यता प्राप्त यस प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघ ले प्राविधिक सहयोग गर्नेछ। आयोजकका अनुसार केपिएलले प्रदेशका युवा क्रिकेट प्रतिभालाई राष्ट्रिय स्तरमा उकास्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

Published

on

फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।

Continue Reading

Banner

साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे

Published

on

साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।

Continue Reading

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक