Banner
फागुनमा हुँदै कोशी प्राइड लिगको तेस्रो संस्करण
प्रदेशस्तरको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता कोशी प्राइड लिग (केपिएल) को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म आयोजना हुने भएको छ। कोशी प्राइड प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा यसपटक सात फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा केपिएलका निर्देशक अफजल हुसेन ले प्रतियोगिताको मिति, टोली संरचना र अक्सन प्रक्रियाबारे जानकारी गराएका हुन्। उनका अनुसार प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपरकिंग्स, एभरेस्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स ले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले कम्तीमा ११ खेलाडी अनुबन्ध गर्नुपर्ने नियम राखिएको छ। टोलीमा एक मार्की खेलाडी, एक आइकोनिक खेलाडी तथा तीन जना राष्ट्रिय टिमका खेलाडी अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ। त्यसैगरी अक्सनमार्फत क्याटेगोरी ‘ए’ का तीन, क्याटेगोरी ‘बी’ का दुई र क्याटेगोरी ‘सी’ का एक खेलाडी छनोट गर्नुपर्नेछ।
टोली निर्माणका लागि चाँडै अक्सन आयोजना गरिने आयोजकले जनाएको छ। अक्सनका लागि खुला खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ, जहाँ खेलाडीहरूले माइपे एप मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
अक्सनमा क्याटेगोरी ‘ए’ का खेलाडीको मूल्य ४५ हजारदेखि ६५ हजार रुपैयाँसम्म, क्याटेगोरी ‘बी’ का लागि २५ हजारदेखि ४५ हजार रुपैयाँ र क्याटेगोरी ‘सी’ का खेलाडीको मूल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तोकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को मान्यता प्राप्त यस प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघ ले प्राविधिक सहयोग गर्नेछ। आयोजकका अनुसार केपिएलले प्रदेशका युवा क्रिकेट प्रतिभालाई राष्ट्रिय स्तरमा उकास्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।
Facebook Comment
Banner
एसीसी यु–१९ एसिया कप: भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन
चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्व १ सय ९१ रनकाे फराकिलाे जित निकाल्दै पाकिस्तान एसीसी यु-१९ एसिया कपकाे च्याम्पियन बनेकाे छ । पाकिस्तानले १३ वर्षपछि यु-१९ एसिया कपकाे उपाधि जितेकाे हाे । यसअघि टाेली सन् २०१२ मा विजेता बनेकाे थियाे । यूएईकाे आसीसी एकेडेमी मैदानमा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेकाे ३ सय ४८ रनकाे लक्ष्य पछ्याएकाे भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियाे । भारतका लागि दिपेश देवेन्द्रनले ३६, वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आराेन जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन बनाए । पाकिस्तानका लागि अली राजाले चार तथा माेहम्मद सयाम,अब्दुल सुभान र हुजैफा एहसानले दुई-दुई विकेट लिए । चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्व १ सय ९१ रनकाे फराकिलाे जित निकाल्दै पाकिस्तान एसीसी यु-१९ एसिया कपकाे च्याम्पियन बनेकाे छ । पाकिस्तानले १३ वर्षपछि यु-१९ एसिया कपकाे उपाधि जितेकाे हाे । यसअघि टाेली सन् २०१२ मा विजेता बनेकाे थियाे । यूएईकाे आसीसी एकेडेमी मैदानमा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेकाे ३ सय ४८ रनकाे लक्ष्य पछ्याएकाे भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियाे । भारतका लागि दिपेश देवेन्द्रनले ३६, वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आराेन जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन बनाए । पाकिस्तानका लागि अली राजाले चार तथा माेहम्मद सयाम,अब्दुल सुभान र हुजैफा एहसानले दुई-दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ४७ रनकाे याेगफल तयार पारेको थियाे । पाकिस्तानका लागि समिर मिन्हासले १ सय १३ बलमा १७ चाैका र छक्काकाे मद्दत सर्वाधिक १ सय ७२ रनकाे याेगदान गरे । यसैगरी, अहमद हुसैनले ७२ बलमा तीन चाैका र एक छक्कासहित ५६, उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९, हेम्जा जाहुरले १८, माेहमम्मद सयामले अविजित १३ र निकाब सफिकले अविजित १२ रन बनाए । भारतका लागि दिपेश देवेन्द्रनले तीन, हेनिल पटेल र खिलान पटेलले दुई-दुई तथा कनिश्क चाैहानले एक विकेट लिए ।
Banner
लगातार गिरावटपछि नेप्से २६ सयभन्दा तल
सेयर बजार फेरि २६ सयमुनि झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो । ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटे ।
बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।
एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढ्यो ।
सिन्धु विकास बैंकको १०, नारायणी डेभलपमेन्ट बैंकको ७.५५, अपर स्याङ्गे हाइड्रोपावरको ७.४५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् ।
Banner
नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login