Banner
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने उनले बताए ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।
Facebook Comment
Banner
१४१ निवर्तमान सांसदको हस्ताक्षरसहित कांग्रेस–एमाले सर्वोच्च जाँदै
नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ ।
विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान् लागेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आगामी फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाइरहेका बेला यी दुई दल पुनर्स्थापनाको माग लिएर संयुक्त रुपमा सर्वोच्च जान लागेका हुन् ।
यसअघि एमालेले संस्थागत रूपमै र कांग्रेसका ८ जना निवर्तमान सांसदले व्यक्तिगत रुपमा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सोही रिट अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदहरूमध्ये आइतबार ६६ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । जसमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।
केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च गएको हो ।
Banner
नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी टोली सार्वजनिक
नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ ।
यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ (एनभीए) का महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
पुरुषतर्फ तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) छन् ।
यस्तै, महिलातर्फ पनि तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब सहित न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । यसपटक गण्डकी टिम भने सहभागी छैन ।
विभागीय बाहेक टोलीले तीन विदेशी खेलाडी टिममा समावेश गर्न सक्ने संघले जनाएको छ ।
पुस ११ देखि १९ गतेसम्म हुने च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली पीएम कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।
प्रतियोगिताको टाई सिट ड्र पछि सार्वजनिन गरिने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
Banner
४.४ प्रतिशत निजामतीले बुझाएनन् सम्पत्ति विवरण, ३,२३० लाई जरिवाना
सरकारी सेवामा पारदर्शिता र जबाफदेहितालाई सुनिश्चित गर्न अनिवार्य गरिएको सम्पत्ति विवरण बुझाउने कानुनी दायित्व बेवास्ता गर्दै आर्थिक वर्ष ०८१/८२ मा चार दशमलव चार प्रतिशत निजामती कर्मचारीले तोकिएको म्यादभित्र विवरण नबुझाएको पाइएको छ। कुल ७२,२१४ निजामती कर्मचारीले सम्पत्ति विवरण पेश गर्नुपर्ने दायित्व रहेकोमा ६८,९८४ जनाले मात्र समयमै विवरण बुझाएका छन् भने ३,२३० कर्मचारीले कानुनी व्यवस्था उल्लंघन गरेका हुन्। यी कर्मचारीलाई अब प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) तथा निजामती सेवा नियमावली, २०५० को नियम ११८ (१) अनुसार सार्वजनिक पद धारण गर्ने पदाधिकारीले पद धारण गरेको मितिले पहिलो पटक ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा आफ्नो चल तथा अचल सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ। मनासिव कारणबाहेक म्यादभित्र विवरण नबुझाएमा जरिवाना गर्ने स्पष्ट कानुनी प्रावधान छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार आर्थिक वर्ष ०८१/८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने निजामती कर्मचारीको कुल संख्या ७२,२१४ रहेकोमा ६८,९८४ जनाले मात्र म्यादभित्र विवरण बुझाएका छन्। दायित्व हुँदाहुँदै पनि विवरण नबुझाउने कर्मचारीको संख्या ३,२३० पुगेको उनले प्रशासनसँग बताए।
यसै विषयमा आइतबार(आज)महानिर्देशक पोखरेलको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सहभागी समन्वय बैठक बसेर अन्तिम विवरणमाथि समीक्षा सम्पन्न गरिएको छ। बैठकपछि म्यादभित्र सम्पत्ति विवरण नबुझाउने ३,२३० कर्मचारीको नामावली सम्बन्धित सबै निकायमा पठाइने निर्णय गरिएको छ।
अख्तियारबाट विवरण अद्यावधिक गरी जरिवाना गर्ने निर्णय भई कार्यान्वयनका लागि निर्देशन प्राप्त भएपछि सबै मन्त्रालय, सबै प्रदेश सरकार तथा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा जरिवाना असुली गर्दै सम्पत्ति विवरण बुझ्ने–बुझाउने व्यवस्था मिलाइने महानिर्देशक पोखरेलले जानकारी दिए। कानुन संशोधन भई यस वर्षदेखि सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई लाग्ने जरिवाना रकम १० हजार रुपैयाँ तोकिएको छ।
सार्वजनिक प्रशासनमा निजामती कर्मचारीहरू रोल मोडेल हुनुपर्ने भए पनि पछिल्ला वर्षहरूमा क्रमशः उनीहरूको साख खस्कँदो अवस्थामा पुगेको छ। नेतृत्व तहको अक्षमता र अदूरदर्शितासँगै तल्लो तहका अधिकारीहरूको अराजकताले सीमा नाघ्दै जाँदा समग्र निजामती प्रशासन कामचोर र भ्रष्ट सङ्गठनका रूपमा चित्रित हुँदै गएको टिप्पणीसमेत हुँदै आएको छ।
लिखित कानुन र निर्देशनहरू नै अटेरी गर्ने प्रवृत्तिले सुशासनलाई नै चुनौती दिँदै कुशासनतर्फ प्रशासनलाई डोर्याइरहेको आलोचना छ। पछिल्लो समय भ्रष्टाचारमा कर्मचारीहरू जोडिने क्रम पनि उत्तिकै बढ्दो देखिएको छ।
अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारीहरूको संख्या ठूलो रहेको भनिए पनि सम्पत्ति व्यवस्थापनका अनेक शैली अपनाइएकाले नियमनकारी निकायलाई खोजबीनमा कठिनाइ भइरहेको विश्लेषण प्रशासन वृत्तमा छ। त्यसका अतिरिक्त कतिपय अवस्थामा अधिकांश नै त्यस्तै प्रकृतिका हुँदा सामूहिक मौनता कायम रहने प्रवृत्तिले समस्या थप जटिल बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login