Banner
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने उनले बताए ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।
Facebook Comment
Banner
कोलम्बियामा सैनिक विमान दुर्घटना : ९० जनाको ज्यान गयो
कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा केही संख्यामा यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन, थप अनुसन्धान थालिएको छ । थप विवरणहरु आउन बाँकी छ ।
Banner
साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान २-१ ले पराजित
सुजन डंगोल र सुवास बमले गोल गरेपछि नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको भुटानलाई २-१ ले हरायो। यद्यपि, नेपालले जितको लागि निकै संघर्ष गर्नुपर्यो।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको समूह ‘ए’को खेलमा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक गोल गरे। भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काएका हुन्। अब, नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ ।
समूह ‘ए’मा नेपाल र मालदिभ्ससँगै श्रीलंका र भुटान छन्। अर्को समूहमा बंगलादेश, भारत र पाकिस्तान छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल मालेमै ३ अप्रिलमा आयोजना हुने तालिका छ।
Banner
नेप्से र कारोबार रकम दुबै करिब ७ महिनायताकै उच्च
आइतबार नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ। यो करिब ७ महिनायताकै उच्च विन्दु हो। यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। यस दिन बजारमा ३६४ स्टकको २ लाख ४ हजार ९५५ पटकको कारोबारमा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पनि करिब ७ महिनायताकै उच्च हो। यस अघि गत साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सकाे कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login