Connect with us
Advertisement

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको बिक्री आजदेखि

Published

on

सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि ९ लाख २४ हजार ७६८ कित्ता शेयर आजदेखि बिक्री गर्ने भएको छ ।

रिलायन्सको प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङमार्फत् शेयर निस्कासन गरेको हुनाले सो कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा कायम भएकाले सोही दरले आवेदन दिनुपर्नेछ ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ को उपदफा १ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

इटहरी–१२ खनारमा मुख्य उद्योग र दुहबीमा शाखा उद्योग रहेको रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । रिलायन्सले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण हुन् र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कारोबारसँगै घट्यो सेयर बजार

Published

on

सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।

जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो  जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत घटे । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशत घटे । आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य बढ्यो ।मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशत घट्यो । त्यस्तै लक्ष्मी लघुवित्तको ५.५८, स्वस्तिक लघुवित्तको ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

Continue Reading

Banner

१४१ निवर्तमान सांसदको हस्ताक्षरसहित कांग्रेस–एमाले सर्वोच्च जाँदै

Published

on

नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत  सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान् लागेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आगामी फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाइरहेका बेला यी दुई दल पुनर्स्थापनाको माग लिएर संयुक्त रुपमा सर्वोच्च जान लागेका हुन् ।

यसअघि एमालेले संस्थागत रूपमै र कांग्रेसका ८ जना निवर्तमान सांसदले व्यक्तिगत रुपमा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

सोही रिट अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदहरूमध्ये आइतबार ६६ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । जसमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।

केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च गएको हो ।

Continue Reading

Banner

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी टोली सार्वजनिक

Published

on

नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ ।

यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ (एनभीए) का महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

पुरुषतर्फ तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) छन् ।

यस्तै, महिलातर्फ पनि तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब सहित न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । यसपटक गण्डकी टिम भने सहभागी छैन ।

विभागीय बाहेक टोलीले तीन विदेशी खेलाडी टिममा समावेश गर्न सक्ने संघले जनाएको छ ।

पुस ११ देखि १९ गतेसम्म हुने च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली पीएम कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।

प्रतियोगिताको टाई सिट ड्र पछि सार्वजनिन गरिने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक