Banner
१४१ निवर्तमान सांसदको हस्ताक्षरसहित कांग्रेस–एमाले सर्वोच्च जाँदै
नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ ।
विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान् लागेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आगामी फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाइरहेका बेला यी दुई दल पुनर्स्थापनाको माग लिएर संयुक्त रुपमा सर्वोच्च जान लागेका हुन् ।
यसअघि एमालेले संस्थागत रूपमै र कांग्रेसका ८ जना निवर्तमान सांसदले व्यक्तिगत रुपमा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सोही रिट अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदहरूमध्ये आइतबार ६६ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । जसमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।
केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च गएको हो ।
Facebook Comment
Banner
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको बिक्री आजदेखि
सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि ९ लाख २४ हजार ७६८ कित्ता शेयर आजदेखि बिक्री गर्ने भएको छ ।
रिलायन्सको प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङमार्फत् शेयर निस्कासन गरेको हुनाले सो कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा कायम भएकाले सोही दरले आवेदन दिनुपर्नेछ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ को उपदफा १ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।
इटहरी–१२ खनारमा मुख्य उद्योग र दुहबीमा शाखा उद्योग रहेको रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । रिलायन्सले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण हुन् र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् ।
Banner
नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी टोली सार्वजनिक
नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ ।
यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ (एनभीए) का महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
पुरुषतर्फ तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) छन् ।
यस्तै, महिलातर्फ पनि तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब सहित न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । यसपटक गण्डकी टिम भने सहभागी छैन ।
विभागीय बाहेक टोलीले तीन विदेशी खेलाडी टिममा समावेश गर्न सक्ने संघले जनाएको छ ।
पुस ११ देखि १९ गतेसम्म हुने च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली पीएम कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।
प्रतियोगिताको टाई सिट ड्र पछि सार्वजनिन गरिने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
Banner
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने उनले बताए ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login