Banner
राष्ट्रपति साक्षीमा प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो प्रत्यक्ष संवाद
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद हुन लागेको हो । जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् । उनले नवयुवाहरूको चहानाअनुसार यी तिनै नेताले राजनीतिबाट बिदा लिइदिए हुने पनि बताएकी थिइन् । तर उनको चहानाअनुसार तीनै नेता बिदा हुन चाहेनन् । ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनेका छन् । उता प्रचण्डले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् । देउवा भने आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागिसकेका छन् ।
Facebook Comment
Banner
बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ
मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो । हाल फरार रोमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Banner
ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै
राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । उनी मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले बुधबार (आज) दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ । तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।
Banner
फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्
फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो ।
योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् ।
फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login