Connect with us
Advertisement

बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ

Published

on

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो । हाल फरार रोमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

राष्ट्रपति साक्षीमा प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो प्रत्यक्ष संवाद

Published

on

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद हुन लागेको हो । जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् । उनले नवयुवाहरूको चहानाअनुसार यी तिनै नेताले राजनीतिबाट बिदा लिइदिए हुने पनि बताएकी थिइन् । तर उनको चहानाअनुसार तीनै नेता बिदा हुन चाहेनन् । ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनेका छन् । उता प्रचण्डले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् । देउवा भने आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागिसकेका छन् ।

Continue Reading

Banner

ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै

Published

on

राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । उनी मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले बुधबार (आज) दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ । तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।

Continue Reading

Banner

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

Published

on

फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो ।

योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् ।

फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक