Connect with us
Advertisement

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

Published

on

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ । प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष,  ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए। यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

४० वर्षीया पुनमकली ‘मिस हात्ती सुन्दरी–२०८२’ घोषित

Published

on

सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनम कलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी  हुन् । होटेल लेण्डमार्क पोखरासँग आबद्ध पुनम कलीले कुल ३०० पूर्णांकमध्ये २५० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् ।

महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाका अनुसार प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी थिए ।

प्रतियोगितामा होटेल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अंक ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अंक प्राप्त गर्दै तेस्रो भइन् । यसैगरी, होटेल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृंगार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्यांकन गरिन्छ । सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उनले जानकारी दिए । “विशेष गरी माउतेले दिएको आदेश हात्तीले कत्तिको पालना गरेको छ, माउते–हात्तीबीचको समन्वय, अनुशासनलगायत पक्षमा अंक प्रदान गरी अन्तिम निर्णय गरिन्छ”, डा. सडौलाले भने ।

क्षेत्रीय होटेल संघ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको छ ।

Continue Reading

Banner

सुन्दरहरैचा–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Published

on

सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा गंगा घाट परिसरमा सम्पन्न भएको छ।

हालसम्म सुन्दरहरैचा नगरभित्र आफ्नै भौगोलिक क्षेत्रमा व्यवस्थित मुक्तिघाट नहुँदा यहाँका नागरिक अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहँदै आएका थिए। लोहित गंगा मुक्तिघाटको निर्माण सम्पन्न भएसँगै सुन्दरहरैचाको पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

साधारण सभामा पछिल्लो समय मुक्तिघाट निर्माणसँग सम्बन्धित अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे पनि छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै, तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न सबैलाई अनुरोध गरिएको सभाले जनाएको छ।

मुक्तिघाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधासम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवा तथा सरोकारवालाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी पनि सभामा गराइएको थियो।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा धनमाया तामाङराजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्।

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू वर्ष र आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेटसमेत पारित गरिएको थियो।

Continue Reading

Banner

त्रिविको दीक्षान्त समारोह, १६ हजार बढी विद्यार्थी दीक्षित

Published

on

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हो ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

दशरथ रंगशालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि छन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक