Connect with us
Advertisement

एनभीए भलिबल च्याम्पियनशिपमा आर्मी–एपीएफको लगातार दोस्रो जीत

Published

on

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–९ ले जित्यो । प्रतियोगितामा चुलीको यो लगातार दोस्रो हार हो ।

यस्तै महिलातर्फ आजै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–६, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१२ ले जित्यो । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

एनभीए भलिबल च्याम्पियनशिप पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र मणिमुकुन्द भलिबल तथा नेपाल पुलिस क्लब र अर्घाखाँचीको खिल्जी युवा क्लब खेल्दैछन् ।

यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे

Published

on

साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।

Continue Reading

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने

Published

on

रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक