Connect with us
Advertisement

उच्च पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Published

on

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन ।चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम गर्न समस्या भएको छ । अझै केही दिनसम्म हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ । चिसोका कारण आलु, तोरीजस्ता हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना सम्पन्न, २०२५–२६ का अध्यक्षमा हर्कराज राई चयन

Published

on

मोरङको सुन्दरहरैंचामा किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत वर्ष २०२५–२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा हर्कराज राई चयन भएका छन्। पदस्थापनासँगै नव-निर्वाचित कार्यसमितिले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Continue Reading

Banner

फागुनका लागि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

Published

on

बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। निक्षेप बढ्दै जानु र कर्जा प्रवाह सुस्त हुँदा माघको तुलनामा फागुनमा मुद्दती निक्षेपको ब्याजदर घटेको हो।

माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशतविन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ। यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दुले घटेको छ।

फागुनमा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। तीमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दुले दर घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ। भने ११ बैंकहरूले भने माघकै दरलाई निरन्तरता दिएका छन्।

फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। बैंकले अधिकतम ५.१ प्रतिशतका दरले ब्याज दिने जनाएको छ। सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंकसिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरूले अधिकतम ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

संस्थागत मुद्दती निक्षेपतर्फ भने हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंकएनएमबी बैंकले सबैभन्दा बढी ४ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

Continue Reading

Banner

बंगलादेश निर्वाचन : बंगलादेश नेसनलिस्ट पार्टीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने

Published

on

बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमतसहित ऐतिहासिक जीत हासिल गरेको छ। ३०० सदस्यीय संसद्मध्ये बीएनपीले १८५ सिट जित्दै साधारण बहुमतको सीमा पार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहीबार सम्पन्न मतदानपछि मतगणना शुक्रबार बिहानसम्म जारी रहँदा बीएनपी दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ। पार्टीका नेताहरूले २०० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

यो निर्वाचन सन् २०२४ मा युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनपछि भएको पहिलो संसदीय चुनाव हो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको थियो। लामो समयदेखि सत्तामा रहेको अवामी लिग यस पटक निर्वाचनमा सहभागी हुन पाएको थिएन।

बीएनपीका प्रमुख नेता तथा सम्भावित प्रधानमन्त्री उम्मेदवार तारिक रहमानले गरिब परिवारलाई आर्थिक सहयोग, एक व्यक्तिले अधिकतम १० वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था, वैदेशिक लगानीमार्फत अर्थतन्त्र सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणका नीति अघि सारेका थिए।

बीएनपीका मुख्य प्रतिस्पर्धी जमात-ए-इस्लामीले ५६ सिट जितेको छ। पार्टी प्रमुख शफिकुर रहमानले पराजय स्वीकार गर्दै सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

निर्वाचन पछिल्ला वर्षहरूकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ। ५० भन्दा बढी दल र करिब दुई हजार उम्मेदवार प्रतिस्पर्धामा थिए। मतदान प्रतिशत ६० प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो निर्वाचनको ४२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।

निर्वाचनसँगै संवैधानिक संशोधनसम्बन्धी जनमतसंग्रह पनि गरिएको छ। प्रस्तावित सुधारमा निर्वाचन अवधिमा तटस्थ अन्तरिम सरकार गठन, द्विसदनीय संसद् व्यवस्था, महिलाको प्रतिनिधित्व वृद्धि, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा निर्धारणजस्ता प्रावधान समावेश छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक