Banner
एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जित्यो । यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्यो । आर्मीले दोस्रो सेट ३१–२९ ले जित्यो । प्रतियोगितामा आजै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र पुलिस तथा दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र आर्मी खेल्दैछन् । महिला र पुरुष दुवैतर्फको फाइनल भोलि हुनेछ ।
Facebook Comment
Banner
फेरि पक्राउ परे दुर्गा प्रसाईं
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।
प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।
Banner
टी–२० विश्वकपमा अफगानिस्तानको पहिलो सफलता, यूएई पराजित
आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ ।
भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा यूएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । अफगानिस्तानका इब्राहिम जद्रानले ५३, अज्मतुल्लाह ओमरजाईले नटआउट ४० रन बनाए । यूएईका जुनैद सिद्दिकी र मुहम्मद अरफानले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनायो । यूएईका सोहेब खानले ६८ रन बनाए । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले ४ विकेट लिए ।
योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । अफगानिस्तान ३ खेलमा २ अङ्कसहित समूह ‘डी’ को तेस्रो स्थानमा छ । यूएई ३ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा चौथो स्थानमा छ ।
टी–२० विश्वकपमा अहिले इङ्ग्ल्यान्ड र इटालीबीचको खेल चलिरहेको छ । यस्तै आज बेलुकी सवा ७ बजे अस्ट्रेलिया र श्रीलङ्का खेल्दैछन् ।
Banner
विश्वकप क्रिकेट : आज तीन खेल हुँदै, पहिलो खेल अफगानिस्तान र यूएईबीच
पहिलो खेलमा समूह ‘डी’ का अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) आमनेसामने हुनेछन्। दिल्लीमा हुने खेल बिहान ११:१५ बजे सुरु हुनेछ।यस प्रतियोगितामा अफगानिस्तान जितविहीन रहँदा संयुक्त अरब इमिरेट्सले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा चौथो स्थानमा छ भने यूएई दुई अंकसहित तेस्रो स्थानमा रहेको छ।दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ। कोलकाताको इडन गार्डेनमा दिउँसो ३:१५ बजे सुरु हुने यो खेल इंग्ल्यान्डका लागि समूह चरणको अन्तिम खेल हुनेछ। इंग्ल्यान्डले दुई खेलबाट चार अंक जोडिसकेको छ भने इटालीको खातामा दुई अंक छ। सुपर आठमा स्थान सुरक्षित गर्न इंग्ल्यान्ड जितको लक्ष्यमा हुनेछ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।
तेस्रो खेलमा साँझ ७:१५ बजे अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। खेल श्रीलंकामा आयोजना हुनेछ।
दुई खेलमा लगातार जित निकाल्दै चार अंकसहित शीर्ष स्थानमा रहेको श्रीलंका तेस्रो जितको खोजीमा छ। अस्ट्रेलियाले भने एक जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login