Connect with us
Advertisement

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

Published

on

कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएकाे हाे ।

यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकाेप्रति आभार प्रकट गरेको छ । मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने मन्त्रालयको अपेक्षा छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सदनमा उठ्यो रास्वपा सांसद कार्की प्रकरण, दोषी ठहरिए कारबाही गर्न माग

Published

on

कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद पार्वती विकले उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ।’

सांसद विकले घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत असर पर्ने टिप्पणी गरिन्।

अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो? हाम्रो राष्ट्रियताको विषय? उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन्?’ उनले भनिन्।

Continue Reading

Banner

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

Published

on

आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने  छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

Continue Reading

Banner

लोकप्रिय गीतकार केपी घिमिरे दार्जिलिङको सालबारीमा गुञ्जिए

Published

on

नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे गत शनिवार भारतको दार्जिलिङ जिल्ला अन्तर्गत सिलिगुडीको सालबारीमा पुगेर रचना वाचन गरेका छन्। देशमा छुट्टै लोकप्रियता हासिल गरिसकेका घिमिरे पछिल्लोपटक विदेशमा पनि उत्तिकै चर्चा कमाउन सफल हुँदैछन्।

घिमिरे खासगरी कविता र गीतिरचनामा कलम चलाउने सर्जक हुन्। कला साहित्य क्षेत्रमा उनको सक्रियता विगत २५ वर्षदेखि निरन्तर जारी छ। उनले लेखेका गीतहरू गायक रामकृष्ण ढकाल, कुबेर नेपाली, दीपक लिम्बू, रूपक राई, सन्जिव धिमाल, गायिका मेनुका राई, झुमा निरौला, आभा मुकारुङ लगायतका आवाजमा दुई दर्जनभन्दा बढी रेकर्ड भैसकेका छन्। कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने महत्त्वपूर्ण भनाइका साथ घिमिरेले विगत १३ वर्षदेखि स्रष्टा सम्मान, पलेँटी शृङ्खला र प्रस्तुतिसहित देशका विभिन्न ठाउँमा साहित्यिक र साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका घिमिरेले करिब २ सय स्रष्टालाई सम्मान गरिसकेका छन्। नझरेका फूलहरू नामक कार्यक्रम घिमिरे एक्लैले सुरु गरेर व्यवस्थित ढंगले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम हो। यसपटक भारतको सालबारीमा आयोजित कार्यक्रममामा घिमिरेसहित कवयित्री डा. अस्मिता विष्ट र कवि लीला अनमोलको प्रस्तुति थियो। कार्यक्रमको मुख्य आकर्षण भने विष्टको कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूमाथि परिचर्चा गरिएको थियोे। कार्यक्रममा स्थानीय स्रष्टाहरू ज्ञानेन्द्र खतिवडा, मिलन रुचाल, शैलेन्द्र क्षेत्री, टङ्क शर्मा, निर्दोषिका तामाङ, डि एल प्रधान,योगिता राई लगायतको सहभागिता थियोे। कार्यक्रम शब्द समय र शैली प्रकाशनले आयोजना गरेको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक