Connect with us
Advertisement

डा. सुनिलकुमार शर्माद्वारा विद्यालयलाई ४ करोडभन्दा बढी सहयोग

Published

on

रतुवामाई नगरपालिकामा डा. सुनिल कुमार शर्मालाई भव्य रूपमा स्वागत गरिएको छ। रतुवामाई नगरपालिका–९ मा सञ्चालित श्री जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी डा. शर्माले विद्यालयको बृहत्तर विकासका लागि ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

आफू हुर्किएको र अध्ययन गरेको स्थानप्रति कृतज्ञता व्यक्त गर्दै डा. शर्माले शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको बताउनुभयो। उहाँको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

यसै अवसरमा विद्यालयको नाम परिवर्तन गरी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखिएको घोषणा गरिएको छ। साथै, विद्यालयका लागि निर्माण हुन लागेको ८ कोठे भवनको शिलान्यास पनि गरिएको छ।

वि.सं. २०२२ सालमा स्थापना भएको उक्त विद्यालय रतुवामाई नगरपालिकाकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिँदै आएको छ। डा. शर्मा विगतदेखि नै आर्थिक तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको यो योगदानले स्थानीय तहमा शिक्षाको विकासमा नयाँ उत्साह थपेको स्थानीयवासीहरूले बताएका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नझरेका फूलहरूमा पराजुलीको प्रस्तुति

Published

on

नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ।
कार्यक्रममा उनीहरूले आधा दर्जन कालजयी गीतहरू सुनाएका थिए।
उक्त कार्यक्रममा उर्लाबारीकी गायिका मनु तामाङले गीत,केराबारीका गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक,प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ,मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, प्रकाश भट्टराई, शंकर देवान, आर के प्रधान, टंक मगर, चण्डी सामपाङ, सङ्गी दुमी राई लगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धार्थ स्कुलका कलाप्रेमी शिक्षक र विद्यार्थीहरूको पनि लोभलाग्दो सहभागिता रहेको थियो।

नझरेका फूलहरूले आयोजना गरेको कलात्मक अन्तरङ्ग कार्यक्रमको सभापति साहित्यकार पुरन याक्खा र प्रमुख अतिथि स्रष्टा हर्कमान तामाङ रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य गीतकार एवम् सङ्गीतकार जे बि थुलुङले राखेका थिए।

सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलमा भएको कार्यक्रम नझरेका फूलहरूको नियमित शृङ्खलाका निम्ति आयोजना गरिएको नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।

Continue Reading

Banner

प्रधानमन्त्री पदमा रहमानको औपचारिक प्रवेश, आज शपथ कार्यक्रम

Published

on

बङ्गलादेशको बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ ।

रहमानको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकामा रहेको राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ । स्थानीय समय अनुसार बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी भैरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशले निमन्त्रणा पठाएका १३ देशमा नेपालसहित चीन, भारत, मलेसिया, साउदी अरब, टर्कीए, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । गएको बिहीबार सम्पन्न चुनावमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको छ ।

बङ्गलादेशको संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले कुल २ सय १२ सिटमा जित हासिल गरेको हो ।

Continue Reading

Banner

फेरि पक्राउ परे दुर्गा प्रसाईं

Published

on

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।

प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक