Banner
एनभीए भलिबल च्याम्पियनसिप : उपाधिका लागि आज आर्मी र हेल्प नेपाल तथा न्यु डायमन्ड र पुलिस खेल्दै
नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधिका लागि खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको पुरुषतर्फको सेमिफाइनल खेलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले रुकुमलाई ३–२ को सेटमा र हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिकै पुगेको हो । यस्तै महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ । हिजो भएको सेमिफाइनलका खेलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा र पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । महिलातर्फको फाइनल खेल दिउँसो १ बजे र पुरुषको दिउँसो साढे ३ बजे शुरू हुनेछ ।
Facebook Comment
Banner
डा. सुनिलकुमार शर्माद्वारा विद्यालयलाई ४ करोडभन्दा बढी सहयोग
रतुवामाई नगरपालिकामा डा. सुनिल कुमार शर्मालाई भव्य रूपमा स्वागत गरिएको छ। रतुवामाई नगरपालिका–९ मा सञ्चालित श्री जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी डा. शर्माले विद्यालयको बृहत्तर विकासका लागि ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गर्नुभएको हो।
आफू हुर्किएको र अध्ययन गरेको स्थानप्रति कृतज्ञता व्यक्त गर्दै डा. शर्माले शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बताउनुभयो। उहाँको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।
यसै अवसरमा विद्यालयको नाम परिवर्तन गरी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखिएको घोषणा गरिएको छ। साथै, विद्यालयका लागि निर्माण हुन लागेको ८ कोठे भवनको शिलान्यास पनि गरिएको छ।
वि.सं. २०२२ सालमा स्थापना भएको उक्त विद्यालय रतुवामाई नगरपालिकाकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिँदै आएको छ। डा. शर्मा विगतदेखि नै आर्थिक तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको यो योगदानले स्थानीय तहमा शिक्षाको विकासमा नयाँ उत्साह थपेको स्थानीयवासीहरूले बताएका छन्।
Banner
प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी,
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ६१ दिन बाँकी रहेको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ । जसमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् ।
यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै रु ३३ लाख बराबरको खच गर्न पाउनेछन् । भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ ।
आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम २५ लाख बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ । पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ । ती निर्वाचन क्षेत्रमा काठमाडौं १, ३, ६, ७ र ८ रहेका छन् ।
यसैगरी तेह्रथुम, पर्सा १, २ र ३, रसुवा काठमाडौं २, ४, ५, ९, १०, ललितपुर १ र २ मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउनेछन् ।
त्यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ बराबरको चुनावी खर्च गर्न पाउछन् । आयोगले यसपटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
Banner
आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ ।
बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login