Connect with us
Advertisement

भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई

Published

on

भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलास मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिकामा नियुक्त गर्ने निर्णय गरेको छ ।

रोयटर्सका अनुसार अदालतले रोड्रिगेजलाई अन्तरिम नेतृत्व सुम्पिनु प्रशासनिक निरन्तरता सुनिश्चित गर्न तथा राष्ट्रको समग्र रक्षा गर्न आवश्यक भएको जनाएको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति मदुरोको अनुपस्थितिको सन्दर्भमा राज्य सञ्चालन, सरकारी प्रशासनको निरन्तरता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा सुनिश्चित गर्न लागु हुने कानुनी संरचना निर्धारण गर्ने विषयमा थप छलफल गरिने पनि बताएको छ ।

यस निर्णयसँगै भेनेजुएलामा राजनीतिक अवस्थाले नयाँ मोड लिएको विश्लेषकहरूको भनाइ छ ।

राष्ट्रपति मदुरोलाई अमेरिकाले कब्जा गरेर न्यु योर्क पुर्‍याएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इजरायल र ओमानसँग नयाँ श्रम समझदारीको तयारी

Published

on

सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो । अस्ति सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकार र नेपाल सरकारबीच तीन क्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता (जिटुजी) गर्ने गरी स्वीकृत गरेको छ । इजरायल सरकारले यी क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा यसअगाडि नै निर्णय गरिसकेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता पिताम्बर घिमिरेले इजरायलमा यी क्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ सम्झौताका लागि धेरै चरणमा कुरा भई त्यहाँको इजरायल सरकारबाट निर्णय भइसकेपछि मात्रै  स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको जानकारी दिनुभयो । इजरायलसँग नयाँ हुने सम्झौतामा नेपाली श्रमिकका लागि दुई कार्यक्षेत्र थपिए पनि सम्झौताको प्रकृति यसअघिकै निरन्तरता भएको पनि उहाँले जानकारी दिनुभयो ।  यसैबीच सरकारले ओमानसँग श्रम समझदारी (बीटुबी) मा स्वीकृति प्रदान गरेको छ । पछिल्लो मन्त्रीपरिषद्को बैठकले ओमानसँग श्रम समझदारी गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको हो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्र (बीटुबी) मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको थियो । ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रको प्रक्रिया अगाडि बढेको जानकारी यसअघि प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Continue Reading

Banner

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

Published

on

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।

Continue Reading

Banner

वीरगञ्जमा कर्फ्यू हटाइयो

Published

on

दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ ।

मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।

‘…सर्वदलीय / सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपरान्ह ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक