Connect with us
Advertisement

भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई

Published

on

भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलास मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिकामा नियुक्त गर्ने निर्णय गरेको छ ।

रोयटर्सका अनुसार अदालतले रोड्रिगेजलाई अन्तरिम नेतृत्व सुम्पिनु प्रशासनिक निरन्तरता सुनिश्चित गर्न तथा राष्ट्रको समग्र रक्षा गर्न आवश्यक भएको जनाएको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति मदुरोको अनुपस्थितिको सन्दर्भमा राज्य सञ्चालन, सरकारी प्रशासनको निरन्तरता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा सुनिश्चित गर्न लागु हुने कानुनी संरचना निर्धारण गर्ने विषयमा थप छलफल गरिने पनि बताएको छ ।

यस निर्णयसँगै भेनेजुएलामा राजनीतिक अवस्थाले नयाँ मोड लिएको विश्लेषकहरूको भनाइ छ ।

राष्ट्रपति मदुरोलाई अमेरिकाले कब्जा गरेर न्यु योर्क पुर्‍याएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

Published

on

सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।

आज न्यायाधीशद्वय महेश शर्मा पाैडेल र नित्यानन्द पाण्डेयकाे संयुक्त इजलासले काठमाण्डाै जिल्ला अदालतबाट चैत २४ जारी भएकाे पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेकाे हाे । याे पक्राउ पूर्जी स्वतः निष्क्रिय भएकाे सर्वाेच्चकाे आदेशमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेकाे सर्वाेच्चकाे निष्कर्ष छ ।

विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेकै बेला काठमाण्डाै जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । याे पक्राउ अनुमतिविरुद्ध देउवाकाे तर्फबाट सर्वोच्चमा रिट दायर भएकाे थियाे ।

Continue Reading

Banner

काभा महिला भलिबल : माल्दिभ्सलाई साेझाे सेटमा हराउँदै नेपाल सेमिफाइनलमा

Published

on

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–२० ले जित्यो ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।

भाेलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ ।

यस्तै समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दाेस्राे जीतसहित सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Continue Reading

Banner

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो

Published

on

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।

यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।

घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक