Banner
मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आगामी २१ फागुनमा हुुने निर्वाचनका लागि आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको हो । नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । 
Facebook Comment
Banner
अब नागरिक एपमै उपलब्ध मतदाता परिचयपत्र, स्क्रिनशट लिन सकिने
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग को समन्वयमा नागरिक एप मा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ। एपको भर्सन २.०.९० मार्फत मतदातालाई लक्षित गर्दै यो व्यवस्था गरिएको हो।
आयोगका अनुसार अब मतदाताले नागरिक एपमा रहेको आफ्नो मतदाता परिचयपत्रको स्क्रिनशट लिएर त्यसको प्रिन्ट कपीलाई मतदान स्थलमा ‘सपोर्टिभ’ (सहायक) प्रमाणका रूपमा प्रयोग गर्न सक्नेछन्। यसले परिचयपत्र बोक्न बिर्सिएका वा हराएका मतदातालाई मतदान प्रक्रियामा सहज हुने अपेक्षा गरिएको छ।
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको नागरिक एप अपडेट गर्नुपर्नेछ। हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि यो सुविधा क्रमशः उपलब्ध भइसकेको छ भने आईओएस प्रयोगकर्ताका लागि पनि छिट्टै अपडेट सार्वजनिक गरिने प्राविधिक टोलीले जनाएको छ।
डेटा सुरक्षा र व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै यसअघि नागरिक एपभित्र कुनै पनि कागजातको स्क्रिनशट लिन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर निर्वाचनजस्तो विशेष परिस्थितिलाई मध्यनजर गर्दै मतदाता परिचयपत्रको मात्र स्क्रिनशट लिन मिल्ने बनाइएको हो। एपमा रहेका अन्य व्यक्तिगत कागजातको भने अझै पनि स्क्रिनशट लिन सकिँदैन।
प्राविधिक टोलीका अनुसार एउटा निश्चित कागजातको मात्र स्क्रिनशट लिन मिल्ने र अन्यमा प्रतिबन्ध कायम राख्ने प्रविधि विकास गर्नुपरेकाले यो विशेष फिचर ल्याउन केही समय लागेको हो।
यस अपडेटसँगै एपमा अन्य प्राविधिक सुधारसमेत गरिएको छ। अब नागरिकता नियमावलीअनुसार परिवर्तन भएका विवरण स्वतः अद्यावधिक हुनेछन्। साथै ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाइसकेका प्रयोगकर्ताका लागि एपभित्रै नयाँ पासपोर्टको विवरण देखाउने सुविधा पनि थपिएको छ।
Banner
एन्फा महिला च्याम्पियनशिपको ट्रफी एपीएफको पोल्टामा
त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।
उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफका गीता राना र रेनुका नगरकोटेले १÷१ गोल गरे । आर्मीकी जेनिफर रानाले गोल गरिन् ।
योसँगै विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।
Banner
आठ वर्षपछि नेपाल-पोर्चुगल सरकारबीच औपचारिक संवाद
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो बैठक नेपाल सरकार र पोर्चुगल सरकारबीच आठ वर्षपछि भएको औपचारिक भेटघाट हो । यसअघि सन् २०१८ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट औपचारिक पोर्चुगल भ्रमण गरेका थिए । बीसीएमको बैठकमा राजनीतिक, आर्थिक र कन्सुलर मामिलासहित नेपाल-पोर्चुगल सम्बन्धका समग्र क्षेत्रबारे समीक्षा भएको नेपाली राजदूतावासले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहयोगलगायत पारस्परिक हितका मुद्दाहरूमा विचार आदानप्रदान गरेका थिए ।
यस्तै व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनेमा दुवै पक्ष सहमत भएका छन् ।
पोर्चुगलका विदेश सचिव जेभियरले यहाँको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको कदर गरिन् । पोर्चुगल पक्षले नेपाली पक्षले साझा गरेको चिन्तालाई सकारात्मक रूपमा ध्यान दिएको समेत उनले बैठकमा बताइन् ।
यसै बीच, नेपालका परराष्ट्र सचिव राईले पोर्चुगल व्यापार तथा लगानी एजेन्सी (एआइसीइपी) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेका छन् । बैठकमा पोर्चुगलको ऊर्जा नीतिको बारेमा जानकारी दिइएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।
सो अवसरमा सचिव राईले जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूका लागि लगानीका अवसरहरू अन्वेषण गर्न नेपालको लगानी बोर्डसँग कार्यस्तरीय छलफल गर्न एआइसीइपीलाई सुझाव दिए ।
शुक्रबार बिहान परराष्ट्र सचिव राईले पोर्चुगिज गणतन्त्रका विदेश मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डे सौसा रिबेरो टेलेससँग शिष्टाचार भेट समेत गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login