Connect with us
Advertisement

सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान

Published

on

सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदिश खरेलले भने ‘नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

ओमानसँग कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्षपछि सम्झौता 

नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।

यसअघि ओमानले सम्झौताको मस्यौदा ठिक छ भनेर नेपाललाई पत्र पठाएको थियो । सरकारले स्वीकृति प्रदान गरेसँगै अब सम्झौतामा हसताक्षर हुनेछ । नेपाल र ओमानबीच २२ वैशाख २०७६ मा श्रम सम्झौताको मस्यौदा तयार भएको थियो । काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक बैठकले मस्यौदा तयार पारेर शून्य लागतमा कामदार पठाउने गरी सैद्धान्तिक सहमति भएको थियो ।

सम्झौतामा नेपालले गर्नुपर्ने दायित्व, ओमान सरकारको जिम्मेवारी, रोजगारदाताले गर्नुपर्ने कार्य लगायत विषय उल्लेख रहेको मन्त्रालयले जनाएको छ । ओमानमा हाल २५ हजार हाराहारी नेपाली श्रमिक रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमानमा विशेषगरी घरेलु श्रमिकका रूपमा नेपाली महिला जाने गरेका छन् । जबकि, घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध छ । तर, पनि अवैध बाटो तथा भिजिट भिसामार्फत नेपाली महिलालाई ओमान, कुवेत लगायत देश पठाउने गरेको पाइन्छ ।

नेपाल र ओमानबीच सहमति जुटिसकेको मस्यौदालाई अन्तिम रूप दिन लामो समय लागेको थियो । ओमानसँग पटक–पटक श्रम सम्झौता गर्न प्रस्ताव आदान–प्रदान भएका थिए । तर, सहमति हुन सकेको थिएन ।

सहमति जुटेका बेला ओमानले एकाएक आफ्ना श्रम कानुन परिवर्तन गरेको थियो । त्यसपछि जुटिसकेको सहमति समेत अघि बढ्न सकेको थिएन र श्रम सम्झौता टरेको थियो ।

१० भदौ २०८१ मा ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदी नेपाल भ्रमणमा आएका थिए । भ्रमण क्रममा श्रम सम्झौतामा समेत हस्ताक्षर गर्ने भन्ने थियो । तर, नेपाली पक्षले मस्यौदामा धेरै विषय र नयाँ–नयाँ अडान राखेको भन्दै सम्झौतामा हस्ताक्षर गर्नबाट ओमान भड्किएको थियो ।

त्यो बेला नेपालले श्रम सम्झौता र नेपाली श्रमिकको हितको विषय जोडमा साथ उठाएको थियो । ओमानको श्रम कानुन र श्रम गर्ने वातावरण राम्रो बनाउनेबारे नेपालले उठाएका विषयमा ओमानले सकारात्मक जवाफ दिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

Published

on

भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

Published

on

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समितिसँगको सम्झौता अनुसार समितिका सदस्यहरुले ओपीडी सेवा नि:शुल्क, अप्रेशनसहितको अस्पताल सेवामा १५ प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यस सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट इन्जिनियर जागर नाथ साह र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धनकुटासँग भएको सम्झौता अनुसार संस्थाका ग्राहक सदस्यहरुले ओपीडी सेवा नि:शुल्क पाउनुका साथै ल्याव टेस्ट, एक्सरे, सिटी स्क्यान, एमआर आई, इन्डोस्कोपी सेवा र बेड चार्जमा १५ प्रतिशत छुट तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। यस सम्झौता पत्रमा गुराँस लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद उपाध्याय र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

दुवै सम्झौताहरू संस्थाका सदस्यहरुलाई विशेष स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको छ।

Continue Reading

Banner

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

Published

on

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक