Connect with us
Advertisement

अलकत्रा प्लान्ट राख्ने तयारीविरुद्ध स्थानीय आक्रोशित

Published

on

एशियन हाइवे निर्माणको क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–७ ठडियामा अलकत्रा तयारी प्लान्ट स्थापना हुने भएपछि स्थानीयवासीले त्यसको कडा विरोध गर्ने निर्णय गरेका छन्। प्लान्ट नहटाइए आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयले दिएका छन्।

परिवर्तन टोल विकास संस्थाको अगुवाइमा आज बसेको संयुक्त भेलामा वडा नम्बर ७ भित्रका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूले बस्तीको बीचमा अलकत्रा प्लान्ट राख्न नदिने निर्णय गरेका हुन्। भेलामा जनस्वास्थ्य, वातावरण र कृषि बालीमा गम्भीर असर पर्ने भन्दै प्लान्ट तत्काल हटाउन माग गरिएको छ।

मधाहा एकता टोल विकास संस्थाका सचिव हरिश्चन्द्र ढुङ्गानाले अलकत्रा प्लान्टबाट निस्कने धुवाँ, गन्ध र रसायनले जनस्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पार्ने भएकाले बस्ती नजिक यस्तो प्लान्ट राख्न नहुने बताउनुभयो।

बेलगाछी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङले स्थानीयवासीसँग कुनै समन्वय नगरी प्लान्ट राख्न अनुमति दिनु जनप्रतिनिधिको कमजोरी भएको आरोप लगाउनुभयो। उहाँले विकासका नाममा जनस्वास्थ्य र वातावरणलाई बेवास्ता गर्न नहुने धारणा राख्नुभयो।

चन्द्रसूर्य टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद आचार्यले आफूहरू विकासविरोधी नभएको स्पष्ट पार्दै वातावरणमैत्री र स्थानीयलाई असर नपर्ने स्थानमा प्लान्ट स्थापना गर्नुपर्ने बताउनुभयो। जनप्रतिनिधि र निर्माण कम्पनी दुवै पक्षको समन्वयको अभावले समस्या उत्पन्न भएको उहाँको भनाइ थियो।

परिवर्तन टोल विकास संस्थाकी अध्यक्ष सीता दाहालले समस्या समाधानका लागि वडा कार्यालय, नगरपालिका र सडक निर्माण आयोजनाको फिल्ड कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो।

त्यस्तै, परिवर्तन टोल विकास संस्थाका सचिव कुमार सुवेदीले बस्तीको बीचमा प्लान्ट राख्नु गलत भएको भन्दै बस्तीदेखि टाढा सुरक्षित स्थानमा अलकत्रा प्लान्ट निर्माण गर्नुपर्ने स्थानीयको साझा माग रहेको बताउनुभयो।

संयुक्त बैठकमा उपस्थित स्थानीयले जनप्रतिनिधि र निर्माण कम्पनीले टोलवासीसँग कुनै छलफल नगरेकोप्रति आश्चर्य, चिन्ता र आक्रोश व्यक्त गरेका थिए।

यसैबीच, सुन्दरहरैंचा नगरपालिका–७ का वडाध्यक्ष भुवनसिंह मगरले टोल विकास संस्थाहरूले उठाएका विषयप्रति वडाको ध्यानाकर्षण भएको बताउँदै सार्वजनिक सुनुवाइ वा जानकारीमूलक कार्यक्रम आयोजना गर्न आफू सहमत रहेको प्रतिक्रिया दिनुभयो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुकुनामा दुई प्रदेशका क्याम्पस प्रमुखबीच शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सुरु

Published

on

मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ। हिजोदेखि सुरु भएको अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रम आज समापन हुँदैछ।

विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (क्युएएसी) को आयोजनामा भएको कार्यक्रम ‘गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू’ विषयमा केन्द्रित छ। कार्यक्रममा शैक्षिक प्रशासन, आन्तरिक गुणस्तर सुधार, प्रत्यायनपछि कायम गर्नुपर्ने मापदण्ड तथा समसामयिक चुनौतीबारे छलफल गरी सुझाव संकलन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले क्याम्पसको आन्तरिक गुणस्तर सुधारमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस स्वयंले आन्तरिक क्युएए प्रणाली सुदृढ गर्न पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले केही क्याम्पस समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्नुभयो।

सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै जानु र मर्जर हुन नचाहने प्रवृत्तिका कारण शैक्षिक व्यवस्थापनमा समस्या देखिएको भन्दै प्रा.डा. अधिकारीले यस्ता छलफलमार्फत क्याम्पसलाई सक्षम र सबल बनाउन सकिने बताउनुभयो।

क्युएए सचिवालयकी उपनिर्देशक भगवती पौडेलले क्युएए प्राप्त तथा नयाँ प्रत्यायन हासिल गरेका क्याम्पसलाई लक्षित गरी गुणस्तर सुनिश्चितताका विषयमा अभिमुखीकरण गरिने जानकारी दिनुभयो। प्रत्यायनपछि गुणस्तर कायम राख्नु अझ चुनौतीपूर्ण हुने भएकाले निरन्तर अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले क्युएएको अभियान यात्रा सजिलो नभए पनि अनिवार्य रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले नयाँ विषय सञ्चालनको अनुमति नपाउँदा विद्यार्थी टिकाउन कठिनाइ भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरिएकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्य, उपनिर्देशक भगवती पौडेल, क्युएए सहायक नवीना चौलागाईलगायतले सहजीकरण गरिरहनुभएको छ। साथै क्युएए सहायक सीता डुम्रेललगायतको उपस्थिति रहेको छ।

शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रम आज समापन हुने आयोजकले जनाएको छ।

Continue Reading

Banner

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Published

on

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।

लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको हो।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

Published

on

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् । फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक