Connect with us
Advertisement

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता

Published

on

सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्धकाे संगठित अपराधकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इरानको विद्यालयमा इजरायली आक्रमण, मारिनेकाे संख्या ५७ पुग्याे

Published

on

इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ५७ पुगेको छ । ६० जना घाइते भएका छ्न् ।

मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेहरले शनिबार स्कुलमा आक्रमण भएको र धेरै विद्यार्थीहरू शहीद भएको बताए ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ५७ पुगेको पुष्टि गरेको छ । रादमेहरले ५३ जना विद्यार्थी अझै पनि भग्नावशेषमुनि रहेको बताए ।

उनले विद्यालयमा उद्धार र सहायता कार्य जारी रहेको तथा शहरको सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताएकाे समाचारमा उल्लेख गरेकाे छ । अमेरिका र इजरायलले शनिबार बिहानै इरानविरुद्ध संयुक्त आक्रमण सुरु गरेकाे थियाे ।

इरानी सशस्त्र बलले पनि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू प्रयोग गरेर इजरायली-कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो प्रतिशोधात्मक हमला सुरु गरेकाे छ ।

Continue Reading

Banner

इजरायलको हमला, इरानभर आपतकाल घोषणा

Published

on

इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको जनाएको छ । इजरायलका रक्षामन्त्री इजरेल क्याट्जले आक्रमणको पुष्टि गर्दै देशभर आपतकालीन अवस्था घोषणा गरिएको बताएका छन् ।  उनका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण देशभर आपतकाल लागू गरिएको हो ।

इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणपछि इरानको राजधानी तेहरानका विभिन्न भागमा विस्फोट भएको खबर आएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।

स्थानीय स्रोतहरूले जम्म्हूरी स्क्वायर र हसन आबाद स्क्वायर क्षेत्रमा धुवाँ उडेको बताएका छन् भने पश्चिमी तेहरानमा रहेका एक संवाददाताले कम्तीमा दुईवटा ठूलो विस्फोटको आवाज सुनेको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

इजरायली सेनाले देशभर साइरन बजाइएको र सर्वसाधारणलाई सुरक्षित स्थाननजिकै बस्न निर्देशन दिइएको जनाएको छ ।

इजरायलका विद्यालयहरू बन्द गरिएका छन् । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्यक सेवाबाहेकका कार्यस्थलहरू बन्द गरिएका छन् । थप विवरण आउन बाँकी छ ।

Continue Reading

Banner

जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

Published

on

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।  कम्पनीको केन्द्रीय कार्यालयले निकालेको सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ गते मङ्गलबारदेखि २१ गते बिहीबारसम्म तीन दिन भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ । फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक