Connect with us
Advertisement

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाली महिला फुटसल टोलीको ऐतिहासिक जित

Published

on

नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हासिल गरेको छ । बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्स लाई ५–० ले हरायाे । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा जित निकालेको पहिलोपटक हो ।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक–एक गोल गरे । एक गोल नेपाललाई आत्मघाती उपहारका रूपमा प्राप्त भयो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफा भने एक गोलमात्र थप्न सक्यो ।  खेलको चौथो मिनेटमा जेनिफरको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा विमलाले टोलीको अग्रता दोब्बर बनाइन् ।

त्यसको एक मिनेटपछि नै जेनिफरले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अगाडि बढ्यो । १९ औँ मिनेटमा मनिषाले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन् ।  नेपालले अन्तिम मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।

जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । दुवै खेल गुमाएको माल्दिभ्स अंकविहीन छ । माल्दिभ्सले यसअघि भारतसँग ११(१ को फराकिलो हार व्यहोरेको थियो । बिहीबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतविरुद्ध ३–१ को जित निकालेको थियो ।

Continue Reading

Banner

विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति

Published

on

विप्लव नेतृत्वको नेकपा माओवादी र  मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ । बिहीबार उनीहरूबीच चारबुँदे सम्झाैता भएको हो । उनीहरूले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेन–जी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने र यी मागहरू पूरा गर्न संयुक्त रूपले संघर्ष गर्ने सहमति भएको हो ।
Continue Reading

Banner

निर्वाचन विवादबारे गगन थापाको माग : आयोगले दुविधा हटाओस्

Published

on

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस गरिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा आफैँ निर्वाचन आयोग पुगेका थिए ।

सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष थापाले यस्तो अनुरोध गरेका हुन् ।

माघ ६ गते निर्वाचनको लागि मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ । त्यसलाई ख्यालमा राखेर छिटो निर्णय गर्न अनुरोध गर्‍याैँ,’ उनले भने, ‘निर्णय गरेर बाहिर भएको दुविधा पनि हटाइदिन अनुरोध गरेका छाैँ ।’

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक