Banner
विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति
Facebook Comment
Banner
नेपाली महिला फुटसल टोलीको ऐतिहासिक जित
नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हासिल गरेको छ । बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्स लाई ५–० ले हरायाे । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा जित निकालेको पहिलोपटक हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक–एक गोल गरे । एक गोल नेपाललाई आत्मघाती उपहारका रूपमा प्राप्त भयो ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफा भने एक गोलमात्र थप्न सक्यो । खेलको चौथो मिनेटमा जेनिफरको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा विमलाले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसको एक मिनेटपछि नै जेनिफरले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अगाडि बढ्यो । १९ औँ मिनेटमा मनिषाले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन् । नेपालले अन्तिम मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।
जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । दुवै खेल गुमाएको माल्दिभ्स अंकविहीन छ । माल्दिभ्सले यसअघि भारतसँग ११(१ को फराकिलो हार व्यहोरेको थियो । बिहीबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतविरुद्ध ३–१ को जित निकालेको थियो ।
Banner
निर्वाचन विवादबारे गगन थापाको माग : आयोगले दुविधा हटाओस्
नेपाली कांग्रेस विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस गरिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा आफैँ निर्वाचन आयोग पुगेका थिए ।
सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष थापाले यस्तो अनुरोध गरेका हुन् ।
माघ ६ गते निर्वाचनको लागि मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ । त्यसलाई ख्यालमा राखेर छिटो निर्णय गर्न अनुरोध गर्याैँ,’ उनले भने, ‘निर्णय गरेर बाहिर भएको दुविधा पनि हटाइदिन अनुरोध गरेका छाैँ ।’
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login