Connect with us
Advertisement

विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति

Published

on

विप्लव नेतृत्वको नेकपा माओवादी र  मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ । बिहीबार उनीहरूबीच चारबुँदे सम्झाैता भएको हो । उनीहरूले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेन–जी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने र यी मागहरू पूरा गर्न संयुक्त रूपले संघर्ष गर्ने सहमति भएको हो ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मोरङमा निर्वाचन सामग्री वितरण सुरु

Published

on

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाउन सुरु गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरू पठाउन थालेको जनाएको छ ।

मतपत्र र सुरक्षा सिलहरू पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । उनले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यस पटक छाप लगाउँदा चाहिने म्याट र झोला आयोगले नपठाएको बताए ।

फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरू मतदान केन्द्रमा पुगिसक्ने र राजनीतिक दलहरूसँग छलफल गरेर मौन अवधि लगायतको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ । मोरङमा ३ सय ६ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित ८ सय ९० वटा मतदान केन्द्रहरू रहेका छन् ।

Continue Reading

Banner

नेप्सेसँगै बढ्यो कारोबार रकम

Published

on

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।

यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।

कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

Continue Reading

Banner

निर्वाचन तयारी अन्तिम चरणमा, दुर्गम हिमाली बस्तीमा सामग्री पुगे

Published

on

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।

आज काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो । .जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक