Banner
नेपाली महिला फुटसल टोलीको ऐतिहासिक जित
नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हासिल गरेको छ । बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्स लाई ५–० ले हरायाे । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा जित निकालेको पहिलोपटक हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक–एक गोल गरे । एक गोल नेपाललाई आत्मघाती उपहारका रूपमा प्राप्त भयो ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफा भने एक गोलमात्र थप्न सक्यो । खेलको चौथो मिनेटमा जेनिफरको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा विमलाले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसको एक मिनेटपछि नै जेनिफरले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अगाडि बढ्यो । १९ औँ मिनेटमा मनिषाले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन् । नेपालले अन्तिम मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।
जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । दुवै खेल गुमाएको माल्दिभ्स अंकविहीन छ । माल्दिभ्सले यसअघि भारतसँग ११(१ को फराकिलो हार व्यहोरेको थियो । बिहीबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतविरुद्ध ३–१ को जित निकालेको थियो ।
Facebook Comment
Banner
मोरङमा निर्वाचन सामग्री वितरण सुरु
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाउन सुरु गरेको छ ।
प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरू पठाउन थालेको जनाएको छ ।
मतपत्र र सुरक्षा सिलहरू पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । उनले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यस पटक छाप लगाउँदा चाहिने म्याट र झोला आयोगले नपठाएको बताए ।
फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरू मतदान केन्द्रमा पुगिसक्ने र राजनीतिक दलहरूसँग छलफल गरेर मौन अवधि लगायतको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ । मोरङमा ३ सय ६ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित ८ सय ९० वटा मतदान केन्द्रहरू रहेका छन् ।
Banner
नेप्सेसँगै बढ्यो कारोबार रकम
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।
कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
Banner
निर्वाचन तयारी अन्तिम चरणमा, दुर्गम हिमाली बस्तीमा सामग्री पुगे
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।
आज काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो । .जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login