Connect with us
Advertisement

कांग्रेस आधिकारिकता विवाद : थापा नेतृत्वको टोली आयोग जाँदै

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूलहरूलाई आधिकारिता दिनुपर्ने जिकिर गरी फर्किएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले ८ सय बढी विशेष महाधिवेशनका प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको, केन्द्रीय कार्यसमितिले निर्णय नगरेको र ५५ बढी जिल्ला सभापति आफूहरूको पक्षमा रहेको सहितका तर्क गरेर आधिकारिकता दिन आग्रह गरे नेता डा. शेखर कोइरालाले त विशेष महाधिवेनमार्फत् गगन र विश्वप्रकाश समूहहरू कांग्रेसबाट चोइटिएर गएको टिप्पणीसमेत गरे ।

देउवा समूह नेताहरूको जुलुस नै लिएर आयोग पुगेपछि सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति निर्वाचन आयोग जाने भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितको सिंगो केन्द्रीय कार्यसमिति पनि शुक्रबार दिउँसो २ बजे निर्वाचन आयोगमा जाँदैछ ।

आयोगले चुनाव चिह्न लगायतबारे छलफल गर्न बोलाएको बताइएको छ। फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयनको समय केही दिन बाँकी हुँदा आयोग दबाबमा परेको छ।

आयोगलाई यथाशक्य चाँडो कांग्रेसको विवादमा निर्णय दिनुपर्ने दबाब छ । बिहीबार मात्रै गगनहरू आयोगमा पुगेर कांग्रेसको आधिकारिकतामा दाबी गरेका थिए । उनीहरूले पार्टी अद्यावधिकको लागि आवश्यक कागजात पनि बुझाइसकेका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

देउवा समूहले सानेपामा बोलायो केन्द्रीय समिति बैठक

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बिहान ८ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवम् सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Continue Reading

Banner

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

Published

on

नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।

‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ’, बारले भनेको छ, ‘अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।’

बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।

Continue Reading

Banner

अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि नेपाली पुरुष टोलीको जित

Published

on

अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि नेपाली पुरुष टोलीले जित हात पारेको छ । बिहीबार नेपालले दक्षिण एसिया फुटबल महासंघ (साफ) पुरुष फुटसल च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो । पछिल्लो पटक नेपालले सन् २०१८ मा पाकिस्तानविरुद्ध २–१ को जित निकालेको थियो । थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाललाई सुखद सुरुवात दिलाउन दुवै गोल सरोज तामाङले गरे । श्रीलंकाका लागि मोहम्मद कुर्सेथ मोहम्मद शाजानले गोल गरे ।

शाजानको गोलमार्फत खेलको १०औँ मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो ।  त्यसको पाँच मिनेटपछि नै सरोजले नेपाललाई बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमै सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । पराजित श्रीलंकाको दुई खेलबाट एक अंक छ । पहिलो खेलमा श्रीलंका भुटानसँग ३–३ को बराबरीमा रोकिएको थियो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भारतको सामना गर्नेछ । श्रीलंकाले पाकिस्तानविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ ।

नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा फर्किएको हो । पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलियामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक