Banner
बुढासुब्बा गोल्डकप माघ २२ देखि शुरू हुने
हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । हिजो पत्रकार सम्मेलनमार्फत गएको वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।
यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाण्डौै, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाण्डौ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Facebook Comment
Banner
देउवा समूहले सानेपामा बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बिहान ८ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवम् सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Banner
लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।
‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ’, बारले भनेको छ, ‘अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।’
बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।
Banner
अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि नेपाली पुरुष टोलीको जित
अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि नेपाली पुरुष टोलीले जित हात पारेको छ । बिहीबार नेपालले दक्षिण एसिया फुटबल महासंघ (साफ) पुरुष फुटसल च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो । पछिल्लो पटक नेपालले सन् २०१८ मा पाकिस्तानविरुद्ध २–१ को जित निकालेको थियो । थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाललाई सुखद सुरुवात दिलाउन दुवै गोल सरोज तामाङले गरे । श्रीलंकाका लागि मोहम्मद कुर्सेथ मोहम्मद शाजानले गोल गरे ।
शाजानको गोलमार्फत खेलको १०औँ मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै सरोजले नेपाललाई बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमै सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।
जितसँगै नेपालले तीन अंक जोडेको छ । पराजित श्रीलंकाको दुई खेलबाट एक अंक छ । पहिलो खेलमा श्रीलंका भुटानसँग ३–३ को बराबरीमा रोकिएको थियो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भारतको सामना गर्नेछ । श्रीलंकाले पाकिस्तानविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ ।
नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा फर्किएको हो । पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलियामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login