Connect with us
Advertisement

बागमती प्रदेशबाट राष्ट्रियसभाका लागि ६ जनाको प्रतिस्पर्धा

Published

on

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदानका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ।

निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीकी सरोजकुमारी झानेपाल मजदुर किसान पार्टीकी कविता महर्जन प्रतिस्पर्धामा छन्।

त्यसैगरी अन्य क्लस्टरतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीका प्रेम सापकोटानेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछु चुनावी मैदानमा छन्।

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ। बागमती प्रदेशमा प्रदेशसभातर्फ ११० र स्थानीय तहबाट २३८ गरी कुल ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अफगानिस्तानमा हिमपातको प्रकोप: ६१ मृत्यु, ११० घाइते

Published

on

अफगानिस्तानमा बुधबार र बिहीबार परेको भारी हिमपात तथा वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ भने १ सय १० जनाभन्दा बढी घाइते भएका छन्।

त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जारी गरेको विज्ञप्तिअनुसार आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

समाचार संस्था एएफपी का अनुसार प्रारम्भिक तथ्याङ्कले मृतकको संख्या ६१ पुगेको देखाएको छ। पछिल्ला तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रमा भीषण हिमपात र अत्यधिक चिसो परेको छ।

मौसमको प्रतिकूलताका कारण राजधानी काबुलसहित विभिन्न प्रान्त जोड्ने मुख्य राजमार्ग र सडकहरू बन्द भएका छन्, जसले आवागमन र उद्धार कार्यमा कठिनाइ पैदा गरेको छ।

Continue Reading

Banner

श्रीलका ‘ए’ विरुद्ध नेपालको सान्त्वना जित

Published

on

नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको अभ्यास शृंखलामा नेपालले सान्त्वना जित निकालेको छ । शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भयो ।  श्रीलंकाले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लगि कुशल भुर्तेलले ४९, आरिफ शेखले अविजित २४, दीपेन्द्रसिंह ऐरीले अविजित २२, कप्तान रोहितकुमार पौडेलले १९ र आसिफ शेखले ११ रन कनाए ।  श्रीलंकाका लागि सोनल दिनुशले २ र दुलाज समुदिथाले १ विकेट लिए ।  त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८  विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि चमिका करुणारत्नेले ३८, निरोशन डिकवेलाले ३३, लासिथ क्रुस्पुलले २१ तथा साहन अरचिगे र सोनल दिनुशले १२–१२ रन बनाए । नेपालका लागि शेर मल्लले ४, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १–१ विकेट लिए । नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीस्वरुप श्रीलंका ‘ए’ सँग अभ्यास शृंखला खेलेको हो । यसअघि नेपाल ६ विकेट र ७३ रनले पराजित भएको थियो । अब नेपाल अभ्यास र प्रतियोगिताका लागि भारत जाने छ ।

Continue Reading

Banner

कांग्रेस विवादमाथि सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा

Published

on

नेपाली कांग्रेसको आधिकारिकता विवादबारे परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । अब आदेश आउन बाँकी छ ।

निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै शेरबहादुर देउवापक्षीय कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो ।

तर देउवा समूहले आयोगको उक्त निर्णयलाई चुनाैती दिएर रिट दायर गरेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक