Connect with us
Advertisement

बागमती प्रदेशबाट राष्ट्रियसभाका लागि ६ जनाको प्रतिस्पर्धा

Published

on

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदानका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ।

निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीकी सरोजकुमारी झानेपाल मजदुर किसान पार्टीकी कविता महर्जन प्रतिस्पर्धामा छन्।

त्यसैगरी अन्य क्लस्टरतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीका प्रेम सापकोटानेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछु चुनावी मैदानमा छन्।

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ। बागमती प्रदेशमा प्रदेशसभातर्फ ११० र स्थानीय तहबाट २३८ गरी कुल ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण सुनुवाइमा पठायो

Published

on

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले चैत १ गते पेसी तोक्न आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा महान्यायाधिवक्ताको निर्णयलाई प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा दफा ३६ को आधारमा अभियोग संशोधन गर्नु कानूनको कपटपूर्ण प्रयोग भएको रिटको दाबी छ ।

यस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने रिटमा उल्लेख छ ।

Continue Reading

Banner

राष्ट्रसङ्घद्वारा आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित

Published

on

संयुक्त राष्ट्रसङ्घले आराेग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइनेछ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।

राजदूत थापाका अनुसार आरोग्य दिवससम्बन्धी प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

यो प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनुभएको छ ।

Continue Reading

Banner

मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, अनावश्यक बाहिर ननिस्कन आग्रह

Published

on

 उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ । मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्दा, मौसम धुम्मिँदा प्रदूषण बढेकोले प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

आज बिहान ७ बजे काठमाण्डौमा एक्यूआई १७७ रहेको छ । हिजो एक्यूआई २०० भन्दा माथि थियो । एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । १०० देखि १५० ‘अस्वस्थ’ मानिन्छ जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

हावा चलेमा, पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुन्छ । तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना छैन । विभागका महानिर्देशक सुवेदीले वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक