Banner
अफगानिस्तानमा हिमपातको प्रकोप: ६१ मृत्यु, ११० घाइते
अफगानिस्तानमा बुधबार र बिहीबार परेको भारी हिमपात तथा वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ भने १ सय १० जनाभन्दा बढी घाइते भएका छन्।
त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जारी गरेको विज्ञप्तिअनुसार आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
समाचार संस्था एएफपी का अनुसार प्रारम्भिक तथ्याङ्कले मृतकको संख्या ६१ पुगेको देखाएको छ। पछिल्ला तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रमा भीषण हिमपात र अत्यधिक चिसो परेको छ।
मौसमको प्रतिकूलताका कारण राजधानी काबुलसहित विभिन्न प्रान्त जोड्ने मुख्य राजमार्ग र सडकहरू बन्द भएका छन्, जसले आवागमन र उद्धार कार्यमा कठिनाइ पैदा गरेको छ।
Facebook Comment
Banner
बागमती प्रदेशबाट राष्ट्रियसभाका लागि ६ जनाको प्रतिस्पर्धा
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदानका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन प्रतिस्पर्धामा छन्।
त्यसैगरी अन्य क्लस्टरतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीका प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछु चुनावी मैदानमा छन्।
एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ। बागमती प्रदेशमा प्रदेशसभातर्फ ११० र स्थानीय तहबाट २३८ गरी कुल ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ।
Banner
श्रीलका ‘ए’ विरुद्ध नेपालको सान्त्वना जित
नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको अभ्यास शृंखलामा नेपालले सान्त्वना जित निकालेको छ । शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भयो । श्रीलंकाले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लगि कुशल भुर्तेलले ४९, आरिफ शेखले अविजित २४, दीपेन्द्रसिंह ऐरीले अविजित २२, कप्तान रोहितकुमार पौडेलले १९ र आसिफ शेखले ११ रन कनाए । श्रीलंकाका लागि सोनल दिनुशले २ र दुलाज समुदिथाले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि चमिका करुणारत्नेले ३८, निरोशन डिकवेलाले ३३, लासिथ क्रुस्पुलले २१ तथा साहन अरचिगे र सोनल दिनुशले १२–१२ रन बनाए । नेपालका लागि शेर मल्लले ४, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १–१ विकेट लिए । नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीस्वरुप श्रीलंका ‘ए’ सँग अभ्यास शृंखला खेलेको हो । यसअघि नेपाल ६ विकेट र ७३ रनले पराजित भएको थियो । अब नेपाल अभ्यास र प्रतियोगिताका लागि भारत जाने छ ।
Banner
कांग्रेस विवादमाथि सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा
नेपाली कांग्रेसको आधिकारिकता विवादबारे परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । अब आदेश आउन बाँकी छ ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै शेरबहादुर देउवापक्षीय कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो ।
तर देउवा समूहले आयोगको उक्त निर्णयलाई चुनाैती दिएर रिट दायर गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login