Banner
इरानमाथि आक्रमणको तयारीमा अमेरिका
इरानमा पश्चिमा देशलाई चुनौती दिइरहेको इस्लामिक सत्ता हटाएर आफू अनुकूल सत्ता निर्माण गर्न अमेरिकाले आक्रमणको अन्तिम तयारी गरिरहेको छ । केही दिनभित्र मध्यपूर्वमा देखिएका घटनाक्रमले इरानको अन्त्य निकै चाँडो हुनसक्ने विश्लेषण भइरहेको छ ।
त्यसैकारण इरानसँग अब दुई विकल्प छन्, पहिलो अमेरिकाले इरानभित्र जस्तो चाहन्छ, त्यस्तै गर्न दिने र दोस्रो अमेरिकी सैन्य आक्रमणको सामना गर्ने । यी दुईमध्ये जुन विकल्प रोजे पनि इरानको अस्तित्व मेटिने निश्चित छ ।
अमेरिकाको रक्षा मन्त्रालय अर्थात् डिपार्टमेन्ट अफ वारले हालै एउटा अनक्लासिफाइड डकुमेन्ट भन्दै नेशनल डिफेन्स स्ट्राटेजी सार्वजनिक गरेको छ । जुन दस्तावेजमा इरानसँग अझै पनि परमाणु हतियार प्राप्त गर्नसक्ने क्षमता रहेको र यो अमेरिकाका लागि खतरा हुनसक्ने उल्लेख गरिएको छ ।
यहाँ के बुझ्नुपर्छ भने अमेरिकाले आफ्नो लागि खतरा भनेर विश्लेषण गर्नु नै उसको आक्रमणको ब्याकराउण्ड तयार पार्नु हो । जस्तै, सन् २००३ मा इराकमा आक्रमण गर्नुअघि पनि अमेरिकाले यस्तै दस्तावेज जारी गरेको थियो । जसमा इराकसँग आम विनाशका हतियार हुनसक्ने भएकाले आक्रमण गर्नुपर्छ भनिएको थियो ।
उसले विश्वमा अमेरिकी आक्रमण जायज र वैधानिक भएको देखाउन तथा अमेरिकासहित पश्चिमा देशमाथि इरान खतरनाक चुनौती बन्नबाट रोक्न पनि आक्रमण गर्नुपरेको तर्क दिनका लागि यस्ता काम गर्दै आएको छ । जुन यसअघि पनि धेरैपटक गरेको छ ।
यसपटक अमेरिकी आक्रमणमा केही रोचक कुरा देखिन्छ । जस्तो कि सन् २००१ मा अफगानिस्तान होस् वा सन् २००३ मा इराकमाथि गरेको आक्रमण होस्, उसले नेटो देशसँगको सहकार्यमा आक्रमण गर्दै आएको थियो । तर यसपटक नेटो देशलाई कुनै सुइको समेत नदिई भेनेजुएलामाथि आक्रमण गर्यो भने इरानमाथि समेत अमेरिका एक्लैले हमला गर्ने तयारी गरिरहेको छ । अर्कोतिर ग्रीनल्याण्डको विषयलाई लिएर युरोपसँग अमेरिकाको टसल बढिरहेको छ । यी घटना क्रमबाट अब अमेरिकाका लागि युरोपको आवश्यकता करिब सकियो भन्ने देखाउँछ । यो भनेको नेटोको भविष्य समेत खतरामा परेको अर्थमा बुझिन्छ ।
अब फेरि इरानतर्फ फर्कौं । अमेरिकाले एउटा दस्तावेज सार्वजनिक गर्दैमा इरानमाथि हमला भइहाल्छ त भन्ने प्रश्न धेरैको मनमा उठेको हुनुपर्छ । किनकि एउटा दस्तावेज सार्वजनिक हुनु भनेको आक्रमणको सबै तयारी हुनु होइन । तर दस्तावेजसँगै यतिबेला अमेरिकी सैन्य मुभमेन्ट पनि मध्यपूर्वमा देखिन थालेको छ ।
वालस्ट्रिट जर्नलका अनुसार ट्रम्प इरानमाथि सैन्य विकल्पबारे अन्तिम निर्णय गर्ने योजनामा छन् र उनी निर्णायक सैन्य विकल्पको खोजीमा छन् । सोही अनुसार रक्षा मन्त्रालय पेन्टागनले काम गर्न सुरु गरेको छ । यो योजनामा इरानी सत्ता पल्टाउने योजना समेत छ ।
अमेरिकाको इन्डोप्यासिफिक क्षेत्रमा रहने सेभेन्थ फ्लिटको युएसएस अब्राहम लिंकनसहितका धेरै एयरक्राफ्ट क्यारियर मध्यपूर्वतर्फ अघि बढिरहेका छन् । यी एयरक्राफ्ट क्यारियर जापानबाट साउदी, कतारतिर आइरहेका छन् । मध्यपूर्वमा टर्की, कुवेत, इराक, जोर्डन, साउदी, युएई र ओमानसहितका देशमा अमेरिकाका सैन्य एयरबेसहरू छन् । जसमध्ये केही स्थानमा नेभल फ्यासिलिटी पनि छन् ।
इरानमाथि हमला भएको खण्डमा इरानले मध्यपूर्वका यी सैन्य बेसलाई निशाना बनाउन सक्छ । त्यसैले यिनीहरूको क्षमता बढाउनका लागि अमेरिकाले सेभेन्थ फ्टिलाई अमेरिकाले जापानबाट मध्यपूर्व पठाएको हो ।
ट्रम्प आफैँले शुक्रबार जंगी जहाजहरू मध्यपूर्वतर्फ अघि बढेको पुष्टि गरेका थिए । यद्यपि इरानसँग छलफल पनि भइरहेकाले सम्भवतः आफूहरूले तिनीहरूको प्रयोग गर्न नपर्ने बताएका थिए । यो भनेको आफ्नो शक्ति देखाएर इरानलाई सम्झौतामा आउन बाध्य पार्नु हो । सैन्य हिसाबले तुलना गर्ने हो भने अमेरिकासँग इरानले लड्न कठिन छ ।
अमेरिकाले चाहेमा इरानमाथि ठूलो क्षति पुर्याउन सक्छ । तर यो अवस्थामा इरानलाई सहयोगको बचन दिइरहेका रुस र चीनको भूमिका के हुन्छ भन्ने कुराले पनि अर्थ राख्छ । इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी बेसलाई भने क्षति पुर्याउन सक्छ । त्यसैले त्यसले ट्रम्पको भनाइ एउटा ‘साइकोलोजिकल वार’ पनि हो ।
ट्रम्पले अब इरानको सत्ता परिवर्तन आफ्नो प्राथमिकतामा रहेको सन्देश दिइसकेका छन् । उनले इरानमा सरकारविरोधी प्रदर्शन चर्किदै गएका बेला खामेनेईको सत्ता केही दिनको पाहुना मात्रै भएको बताएका थिए ।
इरानमा सत्ता पल्टाउन अमेरिकाले गरिरहेको युद्धको तयारीबीच जंगी जहाज युएसएस अब्राहम लिंकन अरब सागरमा इरानतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यसअघि यो दक्षिण चीन सागरमा तैनाथ थियो । १८ जनवरीमा यसले स्ट्रेट अफ मलक्का पारेर हिन्द महासागरमा पुग्यो । जुन अरब सागरतर्फ अघि बढेसँगै इरानका केही शहर यसको स्ट्राइक रेन्जमा छन् । अमेरिकाको सी–३७–बी एयरक्राफ्ट पनि इरानको उत्तरमा तुर्कमेनिस्तानको अशगाबाद बेसमा पुगेको छ ।
यूएसएस अब्राहम लिंकनको निर्माण शीत युद्धको अन्त्यतिर सन् १९८८ मा एनएनएस कम्पनीले बनाएर सन् १९८९ मा अमेरिकी सेनामा सामेल भएको हो । जसको लम्बाई करिब ३३३ मिटर र चौडाई ७६.८ मिटर छ । १ लाख टनको युएसएस अब्राहम लिंकनको गति ५६ देखि ६० किलोमिटर प्रतिघन्टा छ ।
२५ देखि ३० वर्षसम्म रिफ्युलिङ गर्नु नपर्ने यो न्युक्लियर पावर्ड वारसिपले ७५ देखि ८० वटा एयरक्राफ्ट लैजान सक्छ । अब्राहम लिंकनसँगै केही डिस्ट्रोयर जहाज र परमाणु पनडुब्बी पनि चलिरहेका छन् । एयरक्राफ्ट क्यारियरमा ४८ देखि ६० एफ/ए–१८ फाइटर जेट रहेका छन् । जसले २३ सय किलोमिटरको दुरीसम्म हमला गर्न सक्छन् ।
रोयटर्सका अनुसार अमेरिकी एयरफोर्सले जोर्डनमा कम्तीमा १२ वटा एफ–१५ जेट तैनाथ गरेको छ । २० देखि २२ जनवरीमा अमेरिकी सी–१७ सैन्य ट्रान्सपोर्ट विमान केही पटक जोर्डनको मफराक अल–खवाजा एयरबेस पुगेका थिए । जुन विमानमा प्याट्रियट–३ मिसाइल डिफेन्स सिस्टम लगाइएको थियो ।
यसको उद्देश्य इजरायललाई इरानी जवाफी कारबाहीबाट बचाउनु हो । किनकि तेहरानले यसअघि नै इरानमाथि हमला गरे बदला लिने धम्की दिइसकेको छ । योबाहेक हिन्द महासागरस्थित डिएगो गार्सिया द्विपमा रहेको अमेरिकी सैन्य अड्डामा लगातार कार्गो विमान उत्रिरहेका छन् । यसबाट अमेरिकाले सम्भावित सैन्य अपरेशनका लागि बन्दोबस्तीका सामग्री र सैनिकको तैनाथी बढाएको अनुमान गर्न सकिन्छ ।
अमेरिकाले आक्रमणको तयारी तीव्र पारेसँगै इरान पनि त्यसको प्रतिकारका लागि तयारी अवस्थामा छ । इरानका वरिष्ठ सैनिक अधिकारी जनरल अली अब्दोल्लाही अलीअबादीले अमेरिकाले हमला गरे मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अड्डा इरानको निशानामा पर्ने बताएका छन् । अर्कोतर्फ इरानको इस्लामिक रिभोल्युसनरी गार्डस् कप्र्स (आईआरजी) का कमाण्डर मोहम्मद पाकपुरले इरानी सेनाको औला ट्रिगरर्म रहेको बताएका छन् ।
आज इरानमा जुन अवस्था देखिदैछ, यो अवस्था ल्याउन अमेरिकाले केही समयदेखि नै भूमिका खेलिरहेको थियो । इरानमाथि अमेरिकी प्रतिबन्ध, इरानको तेल किन्ने देशमाथि समेत भन्सार लगाएर उसँगको व्यापारलाई निरुत्साहित पार्नेदेखि इरानमा रहेको विपक्षीलाई एकजुट गराएर पटकपटक आन्दोलन चलाउने गर्छ । जस्तो कि २८ डिसेम्बरमा सुरु भएको हिंसात्मक आन्दोलनले इरानमा ठूलो जनधनको क्षति भयो । यही आन्दोलनबीच रेजा पहलवी सत्तामा फर्किएर अमेरिकी चाहाना अनुसार इरानको परमाणु कार्यक्रम रद्द गर्ने र इरानी तेल कुवामा अमेरिकी अधिकार स्थापित गराउन चाहेका छन् ।
अमेरिकाले इरानमा मानवअधिकार नभएकोदेखि आम जनताको जीवन कष्टकर बनिरहेको कुरालाई मूल मुद्दा बनाइरहेको छ । तर एउटा सत्य के हो भने अमेरिकाले इरानमाथि हमला गरेर सत्ता नै पल्टाएर अमेरिका अनुकूल सत्ता ल्याए पनि वा अहिलेको खामेनेईको सत्ताले नै अमेरिकासँग सौदाबाजी गरे पनि इरानी जनतालाई भने कुनै फाइदा हुने छैन ।
यो कुरा अमेरिकाले आक्रमण गरेका इराक, अफगानिस्तान, सिरिया, लिबियाजस्ता दर्जनौं देशको उदारहणबाट पुष्टि हुन्छ । जतिबेला इरानमाथि सत्ताविरोधी प्रदर्शन चर्किरहेको थियो, त्यसबेला इरानी सरकारको पक्षमा उर्लिएको भीडले भन्छ,– इरानमा अहिलेको सत्ता पल्टिनु स्थायित्वको सुरुवात होइन, बरु अस्थिरता र गृहयुद्धको खतरा बढ्छ ।
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने

















You must be logged in to post a comment Login