Connect with us
Advertisement

नेप्से सूचक आज पनि दोहोरो अंकले घट्यो

Published

on

केही दिनयता शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ । यसैको निरन्तरता मंगलबार थप १०.२५ अंकले घट्दै नेप्से सूचक २ हजार ६६२.१४ अंकमा ओर्लिएको छ ।

अघिल्लो दिन २६.०५ अंकले घट्दै नेप्से सूचक २ हजार ६७२.३९ बिन्दुमा रोकिएको थियो ।

उसो त नेप्से सूचकसँगै यता कारोबार समेत क्रमशः घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १० अंकमाथिले नेप्से घटेको यसदिन ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ६१ करोड ७७ लाख रुपैयाँमाथिको शेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

यस्तै आइतबार १० अंकमाथिले नै नेप्से सूचक घटेको बजारमा ११ अर्ब ५९ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज मुचुअल फन्ड र ट्रेडिङ बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक आज १.१५ प्रतिशतले घट्न पुगेको छ ।

१७९ कम्पनीको शेयर मूल्य घट्दा खाज जम्मा ७४ कम्पनीको मूल्य बढेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ आज तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

Published

on

सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Continue Reading

Banner

कोशी सरकारले जलेका सवारी साधन लिलामी गर्ने

Published

on

कोशी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजार तथा कार्यालयका सामानहरूको लिलामी बिक्री गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको उनले बताए ।

सरकारको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको मन्त्री पराजुलीले बताए ।

मन्त्रिपरिषद्ले प्रदेश बिउ बिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि स्वीकृत गरेको जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०८२८३ को लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए ।

बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३ लाई स्वीकृत गरेको छ ।

त्यस्तै, बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

साथै, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ लाई पनि स्वीकृत गरिएको जनाइएको छ ।

Continue Reading

Banner

एसईई नतिजामा सुधार : ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Published

on

एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र एक लाख ४६ हजार ५ सय ७ परीक्षार्थी ननग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३ सय ९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३ सय ७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २ सय २२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९ सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १ सय ९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक