Connect with us
Advertisement

भारी हिमपातले जापानमा ४६ जनाको ज्यान गयो

Published

on

टोकियो- जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ ।प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

Published

on

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । आजै रास्वपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डौमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ ।

बैठकमा महाधिवेशनको मिति, ठाउँ, साङ्गठनिक कार्य योजना तथा समसामयिक विषयमा छलफल भएको छ ।

 

Continue Reading

Banner

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ दिँदै

Published

on

 प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिँदैछन् । जवाफ दिइसकेपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए । त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

हिजोको बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।

Continue Reading

Banner

डा. शर्माको सहयोगमा अन्सले पाए नयाँ जीवन

Published

on

सर्लाहीकी सकुन्तल शाह काठमाडौंको कपन–सुकेधारामा मकै पोलेर परिवार चलाइरहेकी थिइन् । दैनिक ज्याला मजदुरीमै जीवन धानिरहेकी सकुन्तलको संसार उनका नाबालक छोरा अन्सकुमार साह वरिपरि घुम्थ्यो । तर एकाएक आएको एउटा दुखद् खबरले उनको होसहवास उड्यो ।
स्थानीय बासिन्दाले आत्तिँदै आएर उनका छोरालाई गाडीले ठक्कर दिएको खबर सुनाए । ट्युसन पढेर कोठातर्फ फर्किरहेका अन्स बाटो काट्ने क्रममा दुर्घटनामा परेका थिए । खबर सुन्नासाथ आमाको मुटुले ठाउँ छोड्यो । उनी सबैथोक छोडेर घटनास्थलतर्फ दौडिइन् ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल शिक्षण अस्पताल पु¥याइयो । तर त्यहाँबाट उनलाई थप उपचारका लागि भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज रेफर गरियो । एकातिर चोटको असह्य पीडाले सानो बालक अस्पतालको बेडमा छटपटाइरहेका थिए भने अर्कोतिर आमाको मन उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले जलिरहेको थियो । गरिबी, पीडा र असहायताको त्यो क्षण सकुन्तलका लागि अत्यन्तै कठिन थियो ।
संयोग पनि कहिलेकाहीँ जीवन बदल्ने गरी आउँदो रहेछ । सकुन्तलको त्यो पीडा र छटपटाहट उनकै छिमेकीसमेत रहेका सहयोगी माधव चौलागाईंले थाहा पाए । उनै चौलागाईंले नै काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका युवानेता डाक्टर सुनीलकुमार शर्मासँग अन्सको निःशुल्क उपचारका लागि आग्रह गरे । सबै कुरा बुझिसकेपछि डा. शर्माले अन्सको उपचार तत्काल अघि बढाउन अस्पतालका पदाधिकारी र चिकित्सकहरूलाई निर्देशन दिए । त्यसपछि डाक्टरहरूको टोलीले अन्सको टाउकोको सफल शल्यक्रिया ग¥यो । समयमै पाएको उपचार, चिकित्सकहरूको मेहनत र सबैको साथले अहिले अन्स क्रमशः निको हुँदै गइरहेका छन् ।
आज सकुन्तलको आँखामा फेरि आशाको उज्यालो फर्किएको छ । छोराले नयाँ जीवन पाएको खुसीमा उनले डा. शर्मा, उपचारमा संलग्न चिकित्सक टोली र सहयोग गर्ने सबैप्रति आफ्नै मातृभाषामा भावुक हुँदै धन्यवाद व्यक्त गरेकी छन् ।
कहिलेकाहीँ एउटा सहयोग, एउटा निर्णय र समयमै गरिएको उपचारले कसैको जीवनमा नयाँ बिहानी ल्याइदिन्छ । अन्सको जीवनमा पनि यस्तै नयाँ बिहानी उदाएको छ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक