Connect with us
Advertisement

नेप्से सूचक स्थिर, कारोबार रकममा सामान्य वृद्धि

Published

on

बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक लगभग स्थिर रहेको छ। कारोबारको सुरुवातमा केही बढेको बजार अन्त्यमा ०.०४ अंकले घट्दै २६६२.१४ बाट २६६२.१० बिन्दुमा पुगेको हो।

यसअघि आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले घटेको नेप्से बुधबार भने झिनो गिरावटमै सीमित भयो। सूचक स्थिरजस्तै रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।

बुधबार १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको बढेको छ। १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन। धेरै कम्पनीको मूल्य घटेकै कारण समग्र सूचकमा सुधार आउन सकेन।

समूहगत सूचकमध्ये वित्त ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार समूह ८.७७ अंकले घटेका छन्। यद्यपि बैंकिङ १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंकले बढेका छन्।

बुधबार ३२९ कम्पनीका ८२ हजार ४५० कारोबारमार्फत २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ। यो रकम मंगलबारको तुलनामा बढी हो। मंगलबार ३२४ कम्पनीका ८९ हजार ८३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको थियो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

केपी शर्मा ओलीको प्रतिक्रिया: ‘पक्राउ प्रतिशोधपूर्ण’, गृहमन्त्री भन्छन्– ‘न्यायको सुरुवात

Published

on

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै पुगेर ओली र लेखकलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ । पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । पक्राउ पर्नुअघि कानुन व्यवसायीहरूसँग छलफल गर्दै उहाँले सरकारले प्रतिशोध लिएर पक्राउ गरेको र यसको कानुनी लडाईं लड्ने बताउनुभएको हो ।

तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताउनुभएको छ । ओली र लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले न्यायको शुरुवात भएको टिप्पणी गर्नुभएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । यसबारे गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेका थिए ।

हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको छ ।

मन्त्रिपरिषदले सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गर्ने र अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

Continue Reading

Banner

गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

Published

on

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले दिएका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

आयोगले जेन जेड आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङसहित उच्च सरकारी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

Continue Reading

Banner

बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक