Connect with us
Advertisement

१३ वर्षपछि नेपालले इटलीसँग नयाँ फर्म्याटमा खेल्ने

Published

on

इंग्ल्यान्डसँगको पहिलो खेलपछि आत्मविश्वास बढाएको नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा बिहीबार इटलीसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली पहिलो खेलमा पराजित भएकाले पहिलो जितको खोजीमा छन्, जसले सुपर–८ पुग्ने सम्भावनालाई जीवित राख्नेछ।

नेपाल र इटलीबीच १३ वर्षपछि भेट हुन लागेको हो। सन् २०१३ मा ५० ओभरको प्रतियोगितामा नेपालले इटलीलाई हराएको थियो भने यो दुई टोलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। साथै नेपाल १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

कप्तान रोहित पौडेलले इटलीलाई हल्का रूपमा नलिने बताउँदै टोलीको मनोबल उच्च रहेको बताएका छन्। अनुभवी खेलाडीहरू रहेको इटली पनि नेपालविरुद्ध कडा चुनौती दिने तयारीमा छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता हुँदै

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी शुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाका रूपमा अघि सारिएका छन् । बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ ।

यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ । ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ । भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ, टीम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन् ।

अमेरिका–चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । दुई देशबीचको व्यापार सन् २०२२ मा ६९० अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झण्डै ४१५ अर्ब डलरमा सीमित भएको छ । ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ । ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुला बनाउन आग्रह गर्ने बताउनुभएको छ । चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ ।

शिखर वार्तामा इरान–इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चिनियाँ अर्थतन्त्रमा दबाब परेको छ । अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ । चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ ।

वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो । अमेरिकी संसद्ले गएको वर्ष ताइवानलाई १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेइजिङ असन्तुष्ट छ । भोलि शुक्रबार ट्रम्प चीनबाट फर्किने कार्यक्रम रहेको खबरमा उल्लेख छ । विश्लेषकहरूले ट्रम्पको चीन भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरेका छन् ।

Continue Reading

Banner

आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल

Published

on

आज २०८३ साल वैशाख ३१ गते बिहीबार । जेठ कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : आज जोगिएर काम गर्नुपर्ने दिन छ । कुनै कुराले मनमा खिन्नता बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । मित्र बढ्नेछन् ।

वृष : तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । जिम्मेवारी थपिने छ । स्वास्थ्यमा समस्या आउने जोखिम छ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट फाइदा हुनेछ ।

कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । घाटा बढ्ने जोखिम छ । जिम्मेवारी थपिँदै जानेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ ।

कन्या : कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ । दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

तुला : सम्पत्तिका स्रोत पत्ता लाग्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ ।

वृश्चिक : मन शान्त रहनेछ । आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ ।

धनु : सानो कुराले मन अशान्त बन्ने जोखिम छ । आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ । परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ ।

मकर : दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ । विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।

कुम्भ : दिन राम्रो छ । मन शान्त रहनेछ । आज धन प्राप्त हुनेछ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ । सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मीन : शिक्षामा प्रगति हुनेछ । बोलीमा मिठास आउने योग रहेको छ । लगानी नै गर्ने भए परिवारको तर्फबाट गर्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज बन्नेछ

Continue Reading

Banner

लेटाङमा उद्घोषण तालिम सम्पन्न

Published

on

श्री वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समिति लेटाङ ९ जाँतेको आयोजना तथा आरम्भ पोलिटेक्निक इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रा.लि.सुन्दरहरैँचा ५ मोरङको प्राविधिक सहयोगमा सञ्चालित ६ दिने व्यक्तित्व विकास, उद्घोषणकला र बैठकको निर्णय पुस्तिका लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ। लेटाङ ९ जाँतेमा सञ्चालन भएको उक्त तालिमको प्रशिक्षक नझरेका फूलहरूका प्रस्तोता एवम् लोकप्रिय गीतकार केपी घिमिरे रहेका थिए। तालिममा जाँतेमा रहेका जम्मा १९ वटा विभिन्न सङ्घसंस्थाबाट प्रतिनिधित्व गर्दै प्रशिक्षार्थी सहभागी भएको आयोजक वसन्त हरियाली सामुदायिक वनका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो। ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउन र स्वरोजगारको अवसरका निम्ति तालिम आयोजना गर्न सहयोग गरेको प्राविधिक संस्था आरम्भ पोलिटेक्निकका कार्यकारी निर्देशक दिलिप थापाको भनाइ छ। उक्त तालिमको उद्घाटन र समापन दुबै सत्रका प्रमुख अतिथि रहेका लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले यस्ता तालिमले महिलाको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक