Connect with us
Advertisement

आजदेखि निर्वाचन प्रचार–प्रसार खुला

Published

on

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।

मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आचारसंहिताको पूर्ण पालना गर्दै दल, उम्मेदवार तथा सरोकारवाला सबैले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन् ।

दल र उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन् । आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापन लगायत भएको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ । उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक छलफलपछि तयार गरिएको भन्दै आयोगले यसको पूर्ण परिपालनामा जोड दिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने बताएका छन् । उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउनेदेखि जरिवाना वा उम्मेदवारी खारेजसम्मको कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

निर्वाचनको समयमा कुनै दल वा उम्मेदवारविरुद्ध निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

Published

on

फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।

Continue Reading

Banner

साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे

Published

on

साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।

Continue Reading

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक