Connect with us
Advertisement

विश्वकप क्रिकेट : आज तीन खेल हुँदै, पहिलो खेल अफगानिस्तान र यूएईबीच

Published

on

पहिलो खेलमा समूह ‘डी’ का अफगानिस्तानसंयुक्त अरब इमिरेट्स (यूएई) आमनेसामने हुनेछन्। दिल्लीमा हुने खेल बिहान ११:१५ बजे सुरु हुनेछ।यस प्रतियोगितामा अफगानिस्तान जितविहीन रहँदा संयुक्त अरब इमिरेट्सले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा चौथो स्थानमा छ भने यूएई दुई अंकसहित तेस्रो स्थानमा रहेको छ।दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्डइटालीबीच प्रतिस्पर्धा हुनेछ। कोलकाताको इडन गार्डेनमा दिउँसो ३:१५ बजे सुरु हुने यो खेल इंग्ल्यान्डका लागि समूह चरणको अन्तिम खेल हुनेछ। इंग्ल्यान्डले दुई खेलबाट चार अंक जोडिसकेको छ भने इटालीको खातामा दुई अंक छ। सुपर आठमा स्थान सुरक्षित गर्न इंग्ल्यान्ड जितको लक्ष्यमा हुनेछ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।

तेस्रो खेलमा साँझ ७:१५ बजे अस्ट्रेलियाश्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। खेल श्रीलंकामा आयोजना हुनेछ।

दुई खेलमा लगातार जित निकाल्दै चार अंकसहित शीर्ष स्थानमा रहेको श्रीलंका तेस्रो जितको खोजीमा छ। अस्ट्रेलियाले भने एक जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको थियो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

Published

on

फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।

Continue Reading

Banner

साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे

Published

on

साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।

Continue Reading

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक