Connect with us
Advertisement

नझरेका फूलहरूमा पराजुलीको प्रस्तुति

Published

on

नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ।
कार्यक्रममा उनीहरूले आधा दर्जन कालजयी गीतहरू सुनाएका थिए।
उक्त कार्यक्रममा उर्लाबारीकी गायिका मनु तामाङले गीत,केराबारीका गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक,प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ,मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, प्रकाश भट्टराई, शंकर देवान, आर के प्रधान, टंक मगर, चण्डी सामपाङ, सङ्गी दुमी राई लगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धार्थ स्कुलका कलाप्रेमी शिक्षक र विद्यार्थीहरूको पनि लोभलाग्दो सहभागिता रहेको थियो।

नझरेका फूलहरूले आयोजना गरेको कलात्मक अन्तरङ्ग कार्यक्रमको सभापति साहित्यकार पुरन याक्खा र प्रमुख अतिथि स्रष्टा हर्कमान तामाङ रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य गीतकार एवम् सङ्गीतकार जे बि थुलुङले राखेका थिए।

सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलमा भएको कार्यक्रम नझरेका फूलहरूको नियमित शृङ्खलाका निम्ति आयोजना गरिएको नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ८ अर्बमाथि

Published

on

नेपाल स्टक बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रह्यो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ८ अंक घटेकोमा मंगलबार थप २०.७५ अंकले घट्दै २६४२.१५ बिन्दुमा झरेको छ। अघिल्लो दिन २६६२.१० अंकमा रहेको सूचक कारोबार अवधिभर नकारात्मक देखिएको थियो।

मंगलबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेका छन्। यस दिन २१४ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

गिरावटबीच केही कम्पनीको सेयर मूल्य भने उल्लेख्य बढेको छ। सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब ९ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ।

समूहगत परिसूचकतर्फ पनि अधिकांश सूचक घटेका छन्। बैंकिङ ६.१७, विकास बैंक ६७.३५, वित्त ५२.३४, होटल ८६.७५, जलविद्युत् ५८.१४, लगानी ०.५०, जीवन बीमा ९९.४७, लघुवित्त २४.४४, निर्जीवन बीमा ८२.३४, अन्य १३.४७, उत्पादनमूलक ६७.२६ र होटल समूह ३१.६३ अंकले घटेका छन्। सामूहिक लगानी कोष र व्यापार समूह भने क्रमशः ०.१० र ८.३७ अंकले बढेका छन्।

कारोबार रकम भने ८ अर्बभन्दा माथि पुगेको छ। मंगलबार ३५४ कम्पनीका ८३ हजार ७५ कारोबारबाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।

अघिल्लो दिन सोमबार ३३५ कम्पनीका ८० हजार ५५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको थियो। कारोबार रकमको तुलनामा मंगलबार थोरै वृद्धि भए पनि बजार सूचक भने दोहोरो अंकले घटेको छ।

Continue Reading

Banner

मतपत्र तयार, १० दिनभित्र देशभर पठाइने

Published

on

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी हिजाे बेलुकी सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो ।

प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, ‘प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य हिजाे बेलुकी सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ शुरू गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौँ ।’

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

Continue Reading

Banner

प्रधानमन्त्री पदमा रहमानको औपचारिक प्रवेश, आज शपथ कार्यक्रम

Published

on

बङ्गलादेशको बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ ।

रहमानको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकामा रहेको राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ । स्थानीय समय अनुसार बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी भैरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशले निमन्त्रणा पठाएका १३ देशमा नेपालसहित चीन, भारत, मलेसिया, साउदी अरब, टर्कीए, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । गएको बिहीबार सम्पन्न चुनावमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको छ ।

बङ्गलादेशको संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले कुल २ सय १२ सिटमा जित हासिल गरेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक