Banner
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ । आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ ।
केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् ।
यही फागुन ४ गतेदेखि राजनीतिक दलहरुले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन भइसकेको छ ।
Facebook Comment
Banner
प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति सम्पत्ति ?
प्रधानमन्त्री बालेन्द्र शाह र सरकारमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
पूरा विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
Banner
बालेन र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ
सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।
प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
Banner
उपसभामुख निर्वाचन : राप्रपाकी उम्मेदवार सरस्वतीलाई ५ मत, एमाले मतदानमा सहभागी भएन
प्रतिनिधि सभामा उपसभामुख पदका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत पहिलो चरणमा प्रस्तुत प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई अपेक्षाकृत न्यून समर्थन प्राप्त भएको छ।
उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा उनको पक्षमा जम्मा पाँच मत परेको छ भने विपक्षमा २१५ मत र तटस्थतामा ३७ मत खसेको जानकारी दिइएको छ।
आजको बैठकमा कुल २५७ जना सांसदहरूको उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रिया भने अझै जारी रहेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login