Connect with us
Advertisement

शोक सकिएलगत्तै प्रचारमा एमालेका ढकाल

Published

on

१३ दिन अघि घरदैलोका क्रममा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेकै समयमा बुबाको निधनको खबर सुनेर घर फर्किनुभएका मोरङ क्षेत्र नम्बर ६ का नेकपा एमालेका उम्मेद्वार विनोद ढकाल हिजोदेखि चुनावी प्रचारमा लाग्नुभएको छ । बुबाको १३ दिने काजकिरिया सकेर हिन्दू परम्पराअनुसार सेतै वस्त्रमा मतदातामाझ उपस्थित भएका ढकालले विकासको एजेन्डासहित आफ्नो अभियानलाई तीव्र बनाउनुभएको हो ।

माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि संस्कार र धार्मिक विधिअनुसार उहाँ कोरामा रहनुभएको थियो । फागुन ३ गते उहाँले क्षेत्रगत विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो ।

हिजो विराटनगर महानगरपालिका वडा नम्बर ४, ५, ६ र ११ का १६ स्थानमा उहाँले कोणसभा गर्नुभएको हो । पुलचोक, आइतबारे, जामुनगाछी, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा चोक, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, गिरी चोक, दावाबन्दी, कोचाखाल लगायतका स्थानमा उहाँले कोणसभा, घरदैलो र मतदाता भेटघाट गर्नुभएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उपसभामुख निर्वाचन : राप्रपाकी उम्मेदवार सरस्वतीलाई ५ मत, एमाले मतदानमा सहभागी भएन

Published

on

प्रतिनिधि सभामा उपसभामुख पदका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत पहिलो चरणमा प्रस्तुत प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई अपेक्षाकृत न्यून समर्थन प्राप्त भएको छ।

उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा उनको पक्षमा जम्मा पाँच मत परेको छ भने विपक्षमा २१५ मत र तटस्थतामा ३७ मत खसेको जानकारी दिइएको छ।

आजको बैठकमा कुल २५७ जना सांसदहरूको उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रिया भने अझै जारी रहेको छ।

Continue Reading

Banner

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

Published

on

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ भाउ बढेको छ । यस्तै निगमले हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले भाउ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाण्डौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो वर्गमा पेट्रोलको भाउ २१६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ २०४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा पेट्रोलको भाउ २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २०६ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि भाउ बढाउनुपरेको निगमको दाबी छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।

Continue Reading

Banner

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

Published

on

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।

ओलीलाई प्रहरीले शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाएको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गएको सोमबार काठमाण्डौ अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

ओली र लेखकलाई पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज रिहा गरिएको हो । ओली र लेखकलाई प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो । १३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरैसँगै प्रहरीले भोलिपल्ट ओली र लेखकलाई घरबाटै पक्राउ गरेको थियो ।

आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक