Banner
निर्वाचनपछि डा.सुनिल शर्मा भन्छन्: लोकतन्त्रमा विश्वास राखेर मतदान गर्ने सबैलाई धन्यवाद !
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार डा. सुनिल कुमार शर्माले सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
निर्वाचनको अवसरमा सचेत, जिम्मेवार तथा लोकतन्त्रप्रेमी मतदाताहरूले उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेकोमा उनले आभार व्यक्त गरेका हुन् । देशको अवस्था नाजुक र जटिल रहे पनि लोकतान्त्रिक प्रक्रियाप्रति आस्था राख्दै मतदानमा सहभागी हुनु लोकतन्त्रप्रतिको जनताको दृढ विश्वासको प्रतीक भएको उनको भनाइ छ ।
उनले देशको जटिल तथा अनिश्चित परिस्थितिका कारण कतिपय समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलको अवस्था सिर्जना भए पनि जनताको अडिग सहभागिता र लोकतन्त्रप्रतिको विश्वासका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
डा. शर्माले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, उम्मेदवारहरू तथा राजनीतिक दलहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
त्यसैगरी लोकतन्त्रको सुदृढीकरण, जनमतको सम्मान तथा पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै अहोरात्र खटिने नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूप्रति उनले विशेष आभार प्रकट गरेका छन् ।
जनताको अभिमतलाई सम्मान गर्दै सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको यात्रामा निरन्तर समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उनले पुनः एकपटक सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लोकतन्त्र सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताएका छन् ।
Facebook Comment
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login