Banner
लेटाङमा उद्घोषण तालिम सम्पन्न
श्री वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समिति लेटाङ ९ जाँतेको आयोजना तथा आरम्भ पोलिटेक्निक इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रा.लि.सुन्दरहरैँचा ५ मोरङको प्राविधिक सहयोगमा सञ्चालित ६ दिने व्यक्तित्व विकास, उद्घोषणकला र बैठकको निर्णय पुस्तिका लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ।
लेटाङ ९ जाँतेमा सञ्चालन भएको उक्त तालिमको प्रशिक्षक नझरेका फूलहरूका प्रस्तोता एवम् लोकप्रिय गीतकार केपी घिमिरे रहेका थिए। तालिममा जाँतेमा रहेका जम्मा १९ वटा विभिन्न सङ्घसंस्थाबाट प्रतिनिधित्व गर्दै प्रशिक्षार्थी सहभागी भएको आयोजक वसन्त हरियाली सामुदायिक वनका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो। ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउन र स्वरोजगारको अवसरका निम्ति तालिम आयोजना गर्न सहयोग गरेको प्राविधिक संस्था आरम्भ पोलिटेक्निकका कार्यकारी निर्देशक दिलिप थापाको भनाइ छ। उक्त तालिमको उद्घाटन र समापन दुबै सत्रका प्रमुख अतिथि रहेका लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले यस्ता तालिमले महिलाको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
Facebook Comment
Banner
नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता,
प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ ।
दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ । सम्झौतापछि नोबेल मेडिकल र कोशी प्रदेश प्रहरी कार्यालयबीच उपचार सेवामा मात्र नभई स्वास्थ्य सचेतना, निवारणमुखी कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सहकार्य गर्ने बाटो खुलेको छ । यसले दुवै संस्थाबीचको विश्वास, समन्वय र साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी संस्थाका रूपमा परिचित नोबेल मेडिकल कलेजले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा बिरामीमैत्री सेवामार्फत हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यका साथ अस्पतालले सरकारी तथा गैरसरकारी संस्थासँग निरन्तर सहकार्य विस्तार गर्दै आएको छ ।
नेपाली कांग्रेसका लोकप्रिय नेता सुनील शर्माको नेतृत्वमा सञ्चालित नोबेल मेडिकलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गम्भीर बिरामीको निःशुल्क उपचार, विपन्न नागरिकलाई स्वास्थ्य सहयोग, घाइतेको उपचारमा सक्रिय सहभागिता, एम्बुलेन्स हस्तान्तरण तथा विभिन्न मानवीय अभियानमार्फत अस्पतालले समाजप्रतिको दायित्व निर्वाह गर्दै आएको छ । शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र जनप्रतिनिधि हुन् । स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ उनले सञ्चालन गर्दै आएको नोबेल मेडिकलले उपचारसँगै मानवीय सेवाको संस्कृतिलाई पनि निरन्तर अगाडि बढाइरहेको छ ।
Banner
अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा
फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज विहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।
Banner
साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे
साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login