Connect with us
Advertisement

मर्जरपछि कारोबार खुलेको एनएमबी बैंकको उच्च कारोबार

Published

on

इटहरीः मर्जर प्रक्रियाका कारण साढे ५ महिनादेखि दोस्रो बजारमा कारोबार रोकिएको एनएमबी बैंकको शेयर कारोबार खुलेसँगै बिहीबार सो बैंकमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।

एनएमबिसँगै मर्जर गरेको ओम डेभलपमेन्ट बैंकको कारोबार भने १४ महिनादेखि रोकिएको थियो । जसका कारण साबिक ओम डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि सो कम्पनीको शेयर किनबेचमा सक्रिय भएका थिए ।

बिहीबार ३७ करोड ४१ लाख ५० हजार ५ सय ७१ रुपैयाँको शेयर किनबेच हुँदा ११ करोड २६ लाख ४३ हजार २ सय ७३ रुपैयाँको एनएमबीको मात्रै शेयर किनबेच भएको थियो । ३ सय ५१ रुपैयाँ ३२ पैसाबाट कारोबार खुलेको एनएमबीको शेयरमूल्य घटेर ३ सय ३३ रुपैयाँसम्म झरे पनि बजार बन्द हुँदा भने ३ सय ४७ रुपैयाँ पुगेको छ ।

१ सय ६३ कम्पनीको १२ लाख ९६ हजार ८ सय ८७ कित्ता शेयर किनबेच हुँदा एनएमबीको ३ लाख २८ हजार १ सय ५१ कित्ता शेयर ९ सय ७१ पटकको कारोबारमा भएको थियो । प्रभु बैंकको ५ करोड ६५ लाख र नेपाल बैंकको २ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । त्यसैगरी नबिल बैंक र प्रभु बैंककै संस्थापक शेयरको कारोबार रकम पनि १ करोड नाघेको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६ दशमलव ०५ अङ्क घटेर १ हजार १ सय ३१ दशमलव ९७ अङ्कमा ओर्लिएको छ ।
अघिल्लो दिनझै बिहीबार पनि साल्ट ट्रेडिङको शेयरमूल्य १० प्रतिशतले बढेको छ । एनआईसी एशिया ग्रोथ फन्डको शेयरमूल्य ३ दशमलव ९३ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको ३ दशमलव ८० प्रतिशतले शेयरमूल्य बढेको छ ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव १९ प्रतिशत, ओरियन्टल होटलको ४ दशमलव ४७ र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ४ प्रतिशत घटेको छ ।

ओम डेभलपमेन्ट बैंक एनएमबीमा मर्ज भएपछि विकास बैंक उपसमूहको परिसूचक मिलान भइरहेका कारण बिहीबार विकास बैंक समूहको उपसूचक भने नेप्सेको वेबसाइटमा देखिएको थिएन ।

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

Published

on

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।   यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।

आज  युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।

यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Continue Reading

Banner

२६७० अंकमा झर्‍यो सेयर बजार, सबै सेक्टरमा गिरावट

Published

on

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।

अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे ।

Continue Reading

Banner

सेयर बजारमा उच्च गिरावट, नेप्से २६ सयमुनि

Published

on

१२ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।

यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।

यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक