मुख्य
इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न
विराटचोक ः इन्द्रपुर जेसीजको पुरस्कार बितरण तथा १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको पानस पार्टी प्यालेसमा भव्यरुपमा सो कार्यक्रम सम्पन्न भएको हो । इन्द्रपुर जेसीज वर्ष वर्ष २०१९ अध्यक्ष जेसी भुवन ढकालले वर्ष २०२० का अध्यक्ष जेसी गणेशप्रसाद भट्राइलाई गलामा लगाएको चेन लगाइदिएर सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका छन् ।

जुनीयर जेसीज तर्फ संस्थापक अध्यक्ष जेसी उत्सव थापाले वर्ष २०२० का अध्यक्ष जेसी टेकराज तिम्सिनालाई चेन लगाइदिएर आफ्नो कार्यकालमा भएका कार्यक्रमको समेत सम्क्षीप्त डिजिटल प्रविधि मार्फत सम्पुर्णमा जानकारी गराएका थिए । उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुले पनि वर्ष २०२० का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै जेसीजको कार्य र आस्था अनुरुप काम गर्न आग्रह गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका थिए ।

पुरस्कार वितरण तथा पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी रहेका थिए । प्रमुख अधिकारीले समाजलाई हेर्ने दृष्टिकोण, प्रगति विकास संलग्नता जनप्रतिनिधि संग सामिप्यता संस्थागत विकास नै यसका प्रमुख पाटाहरु भएको बताएका छन् ।

जेसीज भनेको ज्ञान लिने ठाउ भएकाले धेरै विभिन्न शिप सिक्ने ठाउँ पढेरमा नहुने अरुलाई बुझाउने ढाउ भनेको जेसीजले गरिरहेको बताएका छन् ।
कार्यक्रममा राष्टियसभा सदस्य गोपी अच्छामी, सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, कोसीहरैंचा उद्योगा वाणिज्य सङ्घ अध्यक्ष नवराज चापागाइ लगायत रहेका थिए ।
शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ भन्ने मुख्य उदेश्यका साथ २००२ सालमा स्थापना भएको इन्द्रपुर जेसीजले समाजमा रहेको विभिन्न व्यक्तिहरुलाई स्मृति अवार्ड समेत प्रदान गरेको छ । वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि. रत्न स्मृति अवार्ड सुन्दरहरैंचा भित्र खेलकुदको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रकाश मास्केलाई अवार्ड प्रदान गरेको छ ।

यस्तै वर्ष २०१३का अध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गरेको शिवप्रसाद घिमिरे स्मृति अवार्ड अन्तगर्त कक्षा १२मा ३.७८ सहित सर्वोत्कृष्ट अङ्क ल्याउने सुकुना माविका गौरीशंकर शर्मा लाई प्रदान गरेको छ । यसैगरी इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृति पुरस्कार शारिरीक रुपमा अपाङ्गताका सुविजीमुर मेमोरियल सेकेन्डरी स्कुल कक्षा एल.के.जी.मा अध्ययनरत आरम्भ भण्डारीलाई प्रदान गरेको छ ।

इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल र वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डीङ जेसीज अवार्ड समिर बस्नेत लाई प्रदान गरेको छ । यस्तै वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड जेसी दुर्गा न्यौपानेलाई प्रदान गरेको छ ।

Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login