Connect with us
Advertisement

इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

Published

on

विराटचोक ः इन्द्रपुर जेसीजको पुरस्कार बितरण तथा १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको पानस पार्टी प्यालेसमा भव्यरुपमा सो कार्यक्रम सम्पन्न भएको हो । इन्द्रपुर जेसीज वर्ष वर्ष २०१९ अध्यक्ष जेसी भुवन ढकालले वर्ष २०२० का अध्यक्ष जेसी गणेशप्रसाद भट्राइलाई गलामा लगाएको चेन लगाइदिएर सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका छन् ।

जुनीयर जेसीज तर्फ संस्थापक अध्यक्ष जेसी उत्सव थापाले वर्ष २०२० का अध्यक्ष जेसी टेकराज तिम्सिनालाई चेन लगाइदिएर आफ्नो कार्यकालमा भएका कार्यक्रमको समेत सम्क्षीप्त डिजिटल प्रविधि मार्फत सम्पुर्णमा जानकारी गराएका थिए । उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुले पनि वर्ष २०२० का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै जेसीजको कार्य र आस्था अनुरुप काम गर्न आग्रह गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका थिए ।


पुरस्कार वितरण तथा पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी रहेका थिए । प्रमुख अधिकारीले समाजलाई हेर्ने दृष्टिकोण, प्रगति विकास संलग्नता जनप्रतिनिधि संग सामिप्यता संस्थागत विकास नै यसका प्रमुख पाटाहरु भएको बताएका छन् ।

जेसीज भनेको ज्ञान लिने ठाउ भएकाले धेरै विभिन्न शिप सिक्ने ठाउँ पढेरमा नहुने अरुलाई बुझाउने ढाउ भनेको जेसीजले गरिरहेको बताएका छन् ।
कार्यक्रममा राष्टियसभा सदस्य गोपी अच्छामी, सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, कोसीहरैंचा उद्योगा वाणिज्य सङ्घ अध्यक्ष नवराज चापागाइ लगायत रहेका थिए ।
शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ भन्ने मुख्य उदेश्यका साथ २००२ सालमा स्थापना भएको इन्द्रपुर जेसीजले समाजमा रहेको विभिन्न व्यक्तिहरुलाई स्मृति अवार्ड समेत प्रदान गरेको छ । वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि. रत्न स्मृति अवार्ड सुन्दरहरैंचा भित्र खेलकुदको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रकाश मास्केलाई अवार्ड प्रदान गरेको छ ।


यस्तै वर्ष २०१३का अध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गरेको शिवप्रसाद घिमिरे स्मृति अवार्ड अन्तगर्त कक्षा १२मा ३.७८ सहित सर्वोत्कृष्ट अङ्क ल्याउने सुकुना माविका गौरीशंकर शर्मा लाई प्रदान गरेको छ । यसैगरी इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृति पुरस्कार शारिरीक रुपमा अपाङ्गताका सुविजीमुर मेमोरियल सेकेन्डरी स्कुल कक्षा एल.के.जी.मा अध्ययनरत आरम्भ भण्डारीलाई प्रदान गरेको छ ।

इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल र वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डीङ जेसीज अवार्ड समिर बस्नेत लाई प्रदान गरेको छ । यस्तै वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड जेसी दुर्गा न्यौपानेलाई प्रदान गरेको छ ।

 

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक