पर्यटन
नामजस्तै पार्क बनाउँदै ड्रिमल्याण्ड पार्कका सञ्चालक
विराटचोकः झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा गत असोज १६ गतेदेखि सञ्चालनमा आएको ड्रिमल्याण्ड पार्कलाई नामजस्तै सुन्दर बनाउने सञ्चालकले बताएका छन् । सो पार्कका संरचना पूर्ण रूपमा नबनिसकेका भए पनि पर्यटकको ध्यान तान्न भने सफल भइसकेको छ ।
शिक्षासेवी जयनारायण ढुङ्गानाले सञ्चालनमा ल्याएको सो पार्क ७ बिघाभन्दा बढी जमिनमा फैलिएको छ । पार्क पूर्ण रूपमा बनिसकेपछि आगन्तुकको लागि खुला गर्ने योजना भए पनि पार्क बनिनसक्दै आगन्तुक आएर घुम्न थालेको र भीड थामिनसक्नु भएपछि भीडलाई व्यवस्थित गर्न आफ्नो योजनाभन्दा अघि नै पार्क सञ्चालन गरिएको उनको भनाइ छ ।

माथि रेलमा, मुनि डुङ्गामा शयर हुने
सो पार्कको वरीपरी पर्खाल लगाएर घेराबेरा गरिएको छ भने घेराबाराभित्र पिल्लर उठाएर जमिनभन्दा लगभग ९ फुट माथि वरीपरी सडक बनाइएको छ । अहिले सिटी सफारीमा चढेर सो सडकमार्फत् वरीपरी घुमेर पार्कको अवलोकन गर्न सकिन्छ । पछि सफारीलाई विस्थापित गरी रेल सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
सोही सडकको मुनि र जमिनको सतहभन्दा लगभग ५ फुट तल पार्कको वरीपरी पोखरी निर्माण गरिएको छ । सो पोखरीमार्फत् भने डुङ्गा सयरको व्यवस्था मिलाइने योजना रहेको उनले बताए । त्यसभन्दा भित्रपट्टी पार्क, बगैंचा तथा विभिन्न जनावरलगायतका अन्य आकृति रहेका छन् । जसले पर्यटकको ध्यान तानिरहेको पाइन्छ ।
बिर्तामोडबाट पाहुनालाई घुमाउन लिएर आएकी भगवती चौधरी पार्कमा फोटो खिच्न व्यस्त थिइन् । यसभन्दा पहिले आफू घुम्न आएको ठाउँमा यस पटक झापाको कचनकवलबाट आएका पाहुनालाई घुमाउन ल्याएको उनले सुनाइन् । उनीहरू पार्कभित्रका विभिन्न ठाउँमा सेल्फी खिच्न व्यस्त देखिन्थे ।

धरहरा र हेलिप्याड पनि बन्दै गरेको सो पार्कले हेलिकोप्टरमार्फत् पाथीभरा दर्शन गराउने योजना ल्याएको छ । पार्कभित्रै हेलिकोप्टर बसाउने गरी हेलिप्याडको निर्माण गरिएको सञ्चालक ढुङ्गाना बताउँछन् ।
पार्कभित्र लिचीका धेरै बिरुवा रहेका छन् । लिची महोत्सव गरेर पर्यटकको ध्यान तानिसकिएको र अब आउने लिची महोत्सव थप भव्य बनाउने योजना बनाएको ढुङ्गानाले बताए ।
पार्कलाई प्रदेशको मात्रै नभई देशकै नमूना पार्क बनाइने र सो पार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफू लागिपरेको सञ्चालक ढुङ्गाना बताउँछन् ।

Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login