Connect with us
Advertisement

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी हिन्दू धर्मावलम्बी व्रत बस्दै

Published

on

विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आजको दिन चतुर्मास व्रत समाप्त हुने गर्दछ ।

हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यही समयलाई चतुर्मास भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज हरिबोधिनी एकादशीको दिन विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा सिमाली वा बाँसको लिङ्गा गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै बास बस्छन् भन्ने शास्त्रीय वचन रहेको छ ।

तुलसीको औषधीय गुणलाई विज्ञानले पनि प्रमाणित गरेको छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाई दिनहुँ तुलसीको पूजा गर्ने गर्छन् ।

आज काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, सुनसरीको वराहक्षेत्र, सङ्खुवासभाको मनकामनालगायतका मन्दिरमा आजदेखि कात्तिक २६ गते पूर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ ।

आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमी अर्थात् विवाह पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न साइत जुराउनु नपर्ने धार्मिक मान्यता छ ।

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

Published

on

 विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैचा–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Published

on

सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा गंगा घाट परिसरमा सम्पन्न भएको छ।

हालसम्म सुन्दरहरैचा नगरभित्र आफ्नै भौगोलिक क्षेत्रमा व्यवस्थित मुक्तिघाट नहुँदा यहाँका नागरिक अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहँदै आएका थिए। लोहित गंगा मुक्तिघाटको निर्माण सम्पन्न भएसँगै सुन्दरहरैचाको पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

साधारण सभामा पछिल्लो समय मुक्तिघाट निर्माणसँग सम्बन्धित अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे पनि छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै, तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न सबैलाई अनुरोध गरिएको सभाले जनाएको छ।

मुक्तिघाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधासम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवा तथा सरोकारवालाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी पनि सभामा गराइएको थियो।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा धनमाया तामाङराजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्।

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू वर्ष र आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेटसमेत पारित गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक