Connect with us
Advertisement

प्रदेश नम्बर १ को गहना तालतलैया

Published

on

इटहरी: प्रदेश नम्बर १ को प्रमुख पर्यटकीय गन्तव्यमध्ये इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा रहेको तालतलैया पनि एक हो । यहाँ बर्सेनी आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै लाग्ने गर्छ । खासगरी कात्तिकदेखि फागुनसम्म त यहाँ थामिनसक्नु गरी बर्सेनी पर्यटकहरूको आगमन हुने गरेको छ । इटहरी उपमहानगरले पनि तालतलैयालाई पर्यटकीय दृष्टिले प्रदेश नम्बर १ कै गहनाका रूपमा लिएको छ । र, यसको भौतिक पूर्वाधार विकास र तालतलैयासम्म पुग्ने सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिरहेको छ ।

  इटहरीको चोकदेखि ७ सय मिटर पूर्वबाट उत्तरतर्फ ५ किलोमिटर पार गरेपछि पुगिने तालतलैयामा विदेशी र स्वदेशी कलाकारले निर्माण गरेका ढुङ्गाका आकर्षक मूर्ति भेटिन्छन् । ढुङ्गाका मूर्तिबाहेक तालतलैया आफैँमा एक प्राकृतिक मनोरम ठाउँ हो । यहाँ चिडियाघर, वनभोजस्थलका मनोरम स्थल छन् । यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जङ्गली जनावरसमेत राखिएको छ । यहाँ भएका मृग, बाह्रसिङ्गे, अस्ट्रिच, अजिङ्गर, चरीबाघ, विभिन्न प्रजातिका मुसा, स्याल, मयुर, बाँदरलगायतलाई हेर्नका लागि बिदाको दिन र शनिबारको दिन विद्यार्थीको जमघट हुने गर्छ । सुनसरी, मोरङ, झापा, धनकुटा, इलामलगायत १ नम्बर प्रदेशका विभिन्न जिल्लाका साथै कास्की, धादिङ, काठमाडौं, सिरहा, सप्तरी, धनुषालगायतका टाढाटाढाका ठाउँबाट पनि वनभोजका लागि तालतलैया आउनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ ।

यति मात्रै होइन, यहाँ भारतको विहार र पश्चिम बङ्गालका पर्यटकहरू पनि आउने गरेका छन् । त्यस्तै भारतको पर्यटकीय शहर दार्जिलिङ र सिक्किमबाट पनि यहाँ पर्यटकहरू आउन थालेको प्रचार उपसमिति संयोजक लोचन पौडेलले बताए । उनका अनुसार पर्यटकहरूको सङ्ख्या बर्सेनी बढेसँगै तालतलैयाको आम्दानीसमेत बढिरहेको छ । तालतलैया आसपासमा खोलिएका होटल व्यवसायहरू फस्टाउँदै गइरहेको उनले बताए । ती होटलहरूमा झण्डै १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पनि पाइरहेका छन् ।

तालतलैया ७६ दशमलव ७५ हेक्टरमा फैलिएको मनोहक जङ्गली वातावरण भएको ठाउँ हो । अनेक ताल रहेको यो क्षेत्रको २१ दशमलव ५ हेक्टरमा अहिले संरक्षण र प्रबद्र्धनको काम भएको छ । फराकिलो र रमाइलो ठाउँ भएका कारण टाढाटाढाबाट वनभोज खान आउनेहरूको क्रम बढेको सञ्चार उपसमिति संयोजक पौडेलको भनाइ छ ।

गत वर्ष ४ लाख बढी पर्यटक तालतलैया आएको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ । गत वर्ष ९० हजार व्यक्ति त टिकट काटेर घुम्न मात्र आएका थिए, वनभोज खान आउनेहरूको सङ्ख्यासमेत जोड्दा ४ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आएको अध्यक्ष लिम्बूले बताए । पोहोर साल वनभोजको सिजनमा एकै दिन १ सय ६५ टोलीसम्म वनभोजका लागि आएका थिए । २ सय टोलीसम्मलाई वनभोजका लागि व्यवस्थापन गर्न सकिने उनले बताए । यो वर्ष वनभोज गर्न आउने टोलीको सङ्ख्या गत वर्षको भन्दा बढ्ने समितिको अपेक्षा छ ।

सरकारले घोषणा गरेको उत्कृष्ट सय नयाँ गन्तव्यमा सूचीकृत पर्यटकीय स्थल हो तालतलैया । प्राकृतिक रूपमा नै ताल, पोखरी, सिमसार, खोल्साखोल्सी, थुम्कैला डाँडापाखा, समतल घाँसेमैदान, विभिन्न प्रकारका रैथाने बोटबिरुवा, जडीबुटी, पशुपंक्षी, जलचर, उभयचर रहेको ठाउँ हो तालतलैया । तालतलैयाको आकर्षक प्रवेशद्वारबाट प्रवेश गरेपछि आकर्षक पानीको फोहोरासहितको फलामे पुल पार गरेर अघि बढ्दा तपाईँलाई निकै आनन्द महसुस हुन्छ ।

तालतलैयाको मूल प्रवेशद्वार अघि बालमैत्री पार्क छ । जहाँ बालबालिकाले मात्र होइन सबै उमेर समूहकाले खेल्ने र रमाउने प्रशस्त मनोरञ्जनका साधन छन् । विभिन्न वन्यजन्तु संरक्षण गरेर राखिएको ठाउँ पनि त्यहीँ छ । त्यही छेउको आकर्षक पोखरीमा मोटरबोट चढेर मनोरञ्जन लिन सकिन्छ । तालतलैयाका अन्य पोखरीहरूमा बोट र जलपरी रिक्सामा शयर गर्न पाइन्छ । घोडामा सवारी गर्ने सुविधा छ । बुद्धमूर्ति, गणेश मन्दिर, वनकाली मन्दिर, बुढासुब्बा, लक्ष्मीनारायण त्यहीँ छन् । फुटबलका लागि खेलमैदान छ ।

यहाँ खानेपानी, विद्युत र इन्टरनेटको उचित व्यवस्था गरिएको छ । फुटपाथ, कटेज र शौचालयको राम्रो प्रबन्ध छ । सिमसार क्षेत्रवरिपरि सुरक्षित तारजाली गरिएको छ । पर्यटकहरूलाई आराम गर्ने बेञ्चहरू, फिसिङ पोण्ड र शहीदहरूको आकर्षक मूर्ति बनाइएको छ । हरित नगरी इटहरीको गहनाको रूपमा रहेको तालतलैयाको आकर्षक मनोहक हरियाली वातावरणले तपाईँलाई आनन्दित बनाउँछ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारले ठूलाठूला ढुङ्गामा कुँदेर बनाएका कलाकृति अघि जो कोहीले सेल्फी नहानी त्यसै बस्न नै सक्दैनन् । – टुर न्युजबाट

 

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक