Connect with us
Advertisement

प्रदेश नम्बर १ को गहना तालतलैया

Published

on

इटहरी: प्रदेश नम्बर १ को प्रमुख पर्यटकीय गन्तव्यमध्ये इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा रहेको तालतलैया पनि एक हो । यहाँ बर्सेनी आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै लाग्ने गर्छ । खासगरी कात्तिकदेखि फागुनसम्म त यहाँ थामिनसक्नु गरी बर्सेनी पर्यटकहरूको आगमन हुने गरेको छ । इटहरी उपमहानगरले पनि तालतलैयालाई पर्यटकीय दृष्टिले प्रदेश नम्बर १ कै गहनाका रूपमा लिएको छ । र, यसको भौतिक पूर्वाधार विकास र तालतलैयासम्म पुग्ने सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिरहेको छ ।

  इटहरीको चोकदेखि ७ सय मिटर पूर्वबाट उत्तरतर्फ ५ किलोमिटर पार गरेपछि पुगिने तालतलैयामा विदेशी र स्वदेशी कलाकारले निर्माण गरेका ढुङ्गाका आकर्षक मूर्ति भेटिन्छन् । ढुङ्गाका मूर्तिबाहेक तालतलैया आफैँमा एक प्राकृतिक मनोरम ठाउँ हो । यहाँ चिडियाघर, वनभोजस्थलका मनोरम स्थल छन् । यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जङ्गली जनावरसमेत राखिएको छ । यहाँ भएका मृग, बाह्रसिङ्गे, अस्ट्रिच, अजिङ्गर, चरीबाघ, विभिन्न प्रजातिका मुसा, स्याल, मयुर, बाँदरलगायतलाई हेर्नका लागि बिदाको दिन र शनिबारको दिन विद्यार्थीको जमघट हुने गर्छ । सुनसरी, मोरङ, झापा, धनकुटा, इलामलगायत १ नम्बर प्रदेशका विभिन्न जिल्लाका साथै कास्की, धादिङ, काठमाडौं, सिरहा, सप्तरी, धनुषालगायतका टाढाटाढाका ठाउँबाट पनि वनभोजका लागि तालतलैया आउनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ ।

यति मात्रै होइन, यहाँ भारतको विहार र पश्चिम बङ्गालका पर्यटकहरू पनि आउने गरेका छन् । त्यस्तै भारतको पर्यटकीय शहर दार्जिलिङ र सिक्किमबाट पनि यहाँ पर्यटकहरू आउन थालेको प्रचार उपसमिति संयोजक लोचन पौडेलले बताए । उनका अनुसार पर्यटकहरूको सङ्ख्या बर्सेनी बढेसँगै तालतलैयाको आम्दानीसमेत बढिरहेको छ । तालतलैया आसपासमा खोलिएका होटल व्यवसायहरू फस्टाउँदै गइरहेको उनले बताए । ती होटलहरूमा झण्डै १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पनि पाइरहेका छन् ।

तालतलैया ७६ दशमलव ७५ हेक्टरमा फैलिएको मनोहक जङ्गली वातावरण भएको ठाउँ हो । अनेक ताल रहेको यो क्षेत्रको २१ दशमलव ५ हेक्टरमा अहिले संरक्षण र प्रबद्र्धनको काम भएको छ । फराकिलो र रमाइलो ठाउँ भएका कारण टाढाटाढाबाट वनभोज खान आउनेहरूको क्रम बढेको सञ्चार उपसमिति संयोजक पौडेलको भनाइ छ ।

गत वर्ष ४ लाख बढी पर्यटक तालतलैया आएको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ । गत वर्ष ९० हजार व्यक्ति त टिकट काटेर घुम्न मात्र आएका थिए, वनभोज खान आउनेहरूको सङ्ख्यासमेत जोड्दा ४ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आएको अध्यक्ष लिम्बूले बताए । पोहोर साल वनभोजको सिजनमा एकै दिन १ सय ६५ टोलीसम्म वनभोजका लागि आएका थिए । २ सय टोलीसम्मलाई वनभोजका लागि व्यवस्थापन गर्न सकिने उनले बताए । यो वर्ष वनभोज गर्न आउने टोलीको सङ्ख्या गत वर्षको भन्दा बढ्ने समितिको अपेक्षा छ ।

सरकारले घोषणा गरेको उत्कृष्ट सय नयाँ गन्तव्यमा सूचीकृत पर्यटकीय स्थल हो तालतलैया । प्राकृतिक रूपमा नै ताल, पोखरी, सिमसार, खोल्साखोल्सी, थुम्कैला डाँडापाखा, समतल घाँसेमैदान, विभिन्न प्रकारका रैथाने बोटबिरुवा, जडीबुटी, पशुपंक्षी, जलचर, उभयचर रहेको ठाउँ हो तालतलैया । तालतलैयाको आकर्षक प्रवेशद्वारबाट प्रवेश गरेपछि आकर्षक पानीको फोहोरासहितको फलामे पुल पार गरेर अघि बढ्दा तपाईँलाई निकै आनन्द महसुस हुन्छ ।

तालतलैयाको मूल प्रवेशद्वार अघि बालमैत्री पार्क छ । जहाँ बालबालिकाले मात्र होइन सबै उमेर समूहकाले खेल्ने र रमाउने प्रशस्त मनोरञ्जनका साधन छन् । विभिन्न वन्यजन्तु संरक्षण गरेर राखिएको ठाउँ पनि त्यहीँ छ । त्यही छेउको आकर्षक पोखरीमा मोटरबोट चढेर मनोरञ्जन लिन सकिन्छ । तालतलैयाका अन्य पोखरीहरूमा बोट र जलपरी रिक्सामा शयर गर्न पाइन्छ । घोडामा सवारी गर्ने सुविधा छ । बुद्धमूर्ति, गणेश मन्दिर, वनकाली मन्दिर, बुढासुब्बा, लक्ष्मीनारायण त्यहीँ छन् । फुटबलका लागि खेलमैदान छ ।

यहाँ खानेपानी, विद्युत र इन्टरनेटको उचित व्यवस्था गरिएको छ । फुटपाथ, कटेज र शौचालयको राम्रो प्रबन्ध छ । सिमसार क्षेत्रवरिपरि सुरक्षित तारजाली गरिएको छ । पर्यटकहरूलाई आराम गर्ने बेञ्चहरू, फिसिङ पोण्ड र शहीदहरूको आकर्षक मूर्ति बनाइएको छ । हरित नगरी इटहरीको गहनाको रूपमा रहेको तालतलैयाको आकर्षक मनोहक हरियाली वातावरणले तपाईँलाई आनन्दित बनाउँछ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारले ठूलाठूला ढुङ्गामा कुँदेर बनाएका कलाकृति अघि जो कोहीले सेल्फी नहानी त्यसै बस्न नै सक्दैनन् । – टुर न्युजबाट

 

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

Published

on

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक