कर्णाली प्रदेश
भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक प्रविधिको दुरुपयोग : कांग्रेस
१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएको छ ।
सरकारले हालै मात्र मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर प्रधानमन्त्री देश बाहिर रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेका बेला सोमबार भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको थियो ।
मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधनको विरोध गरे । आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचनाबाट पनि चुहिने र गोपनीयता नरहने उनको तर्क छ ।
प्रधानमन्त्री विदेश गएका बेला उपप्रधानमन्त्रीलाई कार्यबाहकको जिम्मेवारी दिएको स्मरण गर्दै उनले भने, ‘भिडियो कन्फरेन्सबाट हेर्दा प्रधानमन्त्री कार्यरत नै हुनुहुन्छ । अर्कोतर्फ कार्यबाहक प्रधानमन्त्री पनि तोक्नुभएको छ । यो आफैंमा नमिल्ने देखियो । यस्ता गम्भीर गल्ती गर्नु हुँदैन ।’
प्रधानमन्त्री नहुँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने हो भने सभामुख नहुँदा पनि प्रतिनिधिसभाको बैठक बस्न सक्छ भनेर नेता खाँडले प्रश्न गरे ।
‘राष्ट्रियसभाको अध्यक्ष अमेरिका गएको बेला त्यहीबाट भिडियो कन्फरेन्सबाट बैठक चलाउन मिल्छ कि मिल्दैन ? प्रधानन्यायाधीश विदेश जानु होला । उहाँले न्यायपालिकाको बैठक पनि भिडियो कन्फरेन्सबाटै गरिदिनु होला’ उनले भने ।
यो अनुचित रहेको भन्दै खाँडले भिडियो कन्फरेन्सबाट बैठक बस्न सक्ने गरी मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन तत्काल हटाउन माग गरेका छन् । ‘यसले उच्च प्रविधिको सदुपयोग हुँदैन, दुरुपयोग हुन्छ’ उनले भने, ‘जग हसाउने काम भयो, भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक हुन सक्दैन ।’
Facebook Comment
Banner
हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो
हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको सुर्खेत प्रहरीले जनाएको छ ।चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि सुर्खेत पठाउन सेनाको हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।
Banner
जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु
सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Banner
नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु
सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।
उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने












You must be logged in to post a comment Login