Connect with us
Advertisement

सुन्दरहरैंचाको वडा नम्बर १२ द्वारा ३ ओटा सीसी क्यामरा जडान

Published

on

विराटचोकः आफ्नो वडामा हुने आपराधिक तथा शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सहज होस् भनेर इलाका प्रहरी कार्यालय विराटचोकको सहजीकरणमा वडा नम्बर १२ ले ३ ओटा सीसी क्यामरा जडान गरेको छ ।

इलाका प्रहरी कार्यालयको कार्यकक्षमा रहेको माउस क्लिक गरी कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा, विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलगायतले सीसी क्यामरा सञ्चालनको औपचारिक उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओझाले ‘जनतासँग प्रहरी’ कार्यक्रमलाई सीसी क्यामरा जडानले सहयोग पुग्ने बताए । गृहमन्त्रीसँग भवन निर्माणको लागि बजेटको माग गरिरहेको उनको भनाइ थियो ।

‘नगर क्षेत्रको मात्र नभई राजमार्ग क्षेत्र र पहाडी क्षेत्रको सुरक्षाको लागि विराटचोकमा सुविधासम्पन्न प्रहरी कार्यालय भवनको आवश्यकता छ’, उनले भने, ‘भवन निर्माणको लागि आवश्यक पर्ने जग्गाको पहिचान भइसकेको छ । सो जग्गामा इलाका प्रहरी कार्यालय र डीएसपी कार्यालयको भवन बनाउन उचित हुने ठहर गरिएको छ ।’

विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले सुरक्षाको लागि सबैभन्दा पहिले नागरिक स्वयम् सचेत हुनुपर्ने बताइन् । सुरक्षा निकायलाई सक्दो सहयोग गरेर आपराधिक घटना न्यूनीकरणमा सक्दो सहयोग गर्नुपर्ने उल्लेख गरिन् ।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सीसी क्यामरा जडानपछि मनोवैज्ञानिक असर परी आपराधिक घटना कम हुने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय विराटचोकका इञ्चार्ज धर्मेन्द्रकुमार झाले प्रहरी र नागरिक समन्वयको कमी देखिएको बताए । टोलवासीलाई भेला पारी सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । आफूले कार्यभार सम्हालेको १ महिनाको अवधिमा आपराधिक घटनामा कमी ल्याएको उनले बताए ।

वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले सुन्दरहरैंचा क्षेत्रमा जनघनत्व धेरै भएकाले आपराधिक घटना पनि बढिरहेको उल्लेख गरे । वडावासी र अस्थायी बसोबास गर्नेको लागत राख्ने काम गर्न सकेमा आपराधिक घटनामा कमी हुने उनको भनाइ थियो । टोल सुरक्षा समिति गठन गरी प्रहरी र वडासँग टोलवासीको समन्वय गर्ने काम आज शुक्रबारे टोल विकास संस्थाबाट शुरु गरिने पनि उनले बताए ।

२ लाख रुपैयाँको लागतमा वडा नम्बर १२ को शुक्रबारे बजारको महेन्द्र मावि आसपास र सिद्धार्थ बालस्तम्भ आसपासमा तथा सुकुना क्याम्पस गेट (क्याम्पस चोक) अगाडि क्यामरा जडान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा सचिव अनिल पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा समाजसेवीलगायतको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक