Connect with us
Advertisement

सुन्दरहरैंचाको वडा नम्बर १२ द्वारा ३ ओटा सीसी क्यामरा जडान

Published

on

विराटचोकः आफ्नो वडामा हुने आपराधिक तथा शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सहज होस् भनेर इलाका प्रहरी कार्यालय विराटचोकको सहजीकरणमा वडा नम्बर १२ ले ३ ओटा सीसी क्यामरा जडान गरेको छ ।

इलाका प्रहरी कार्यालयको कार्यकक्षमा रहेको माउस क्लिक गरी कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा, विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलगायतले सीसी क्यामरा सञ्चालनको औपचारिक उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओझाले ‘जनतासँग प्रहरी’ कार्यक्रमलाई सीसी क्यामरा जडानले सहयोग पुग्ने बताए । गृहमन्त्रीसँग भवन निर्माणको लागि बजेटको माग गरिरहेको उनको भनाइ थियो ।

‘नगर क्षेत्रको मात्र नभई राजमार्ग क्षेत्र र पहाडी क्षेत्रको सुरक्षाको लागि विराटचोकमा सुविधासम्पन्न प्रहरी कार्यालय भवनको आवश्यकता छ’, उनले भने, ‘भवन निर्माणको लागि आवश्यक पर्ने जग्गाको पहिचान भइसकेको छ । सो जग्गामा इलाका प्रहरी कार्यालय र डीएसपी कार्यालयको भवन बनाउन उचित हुने ठहर गरिएको छ ।’

विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले सुरक्षाको लागि सबैभन्दा पहिले नागरिक स्वयम् सचेत हुनुपर्ने बताइन् । सुरक्षा निकायलाई सक्दो सहयोग गरेर आपराधिक घटना न्यूनीकरणमा सक्दो सहयोग गर्नुपर्ने उल्लेख गरिन् ।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सीसी क्यामरा जडानपछि मनोवैज्ञानिक असर परी आपराधिक घटना कम हुने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय विराटचोकका इञ्चार्ज धर्मेन्द्रकुमार झाले प्रहरी र नागरिक समन्वयको कमी देखिएको बताए । टोलवासीलाई भेला पारी सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । आफूले कार्यभार सम्हालेको १ महिनाको अवधिमा आपराधिक घटनामा कमी ल्याएको उनले बताए ।

वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले सुन्दरहरैंचा क्षेत्रमा जनघनत्व धेरै भएकाले आपराधिक घटना पनि बढिरहेको उल्लेख गरे । वडावासी र अस्थायी बसोबास गर्नेको लागत राख्ने काम गर्न सकेमा आपराधिक घटनामा कमी हुने उनको भनाइ थियो । टोल सुरक्षा समिति गठन गरी प्रहरी र वडासँग टोलवासीको समन्वय गर्ने काम आज शुक्रबारे टोल विकास संस्थाबाट शुरु गरिने पनि उनले बताए ।

२ लाख रुपैयाँको लागतमा वडा नम्बर १२ को शुक्रबारे बजारको महेन्द्र मावि आसपास र सिद्धार्थ बालस्तम्भ आसपासमा तथा सुकुना क्याम्पस गेट (क्याम्पस चोक) अगाडि क्यामरा जडान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा सचिव अनिल पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा समाजसेवीलगायतको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक